• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सञ्चारमन्त्री कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी



काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी परेको छ ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका सञ्चारमन्त्री कार्कीबिरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्की बिरुद्ध आचारसंहीता उल्लंघनको उजुरी दर्ता गराउनुभएको हो । सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले ठाडो आचारसंहीता उल्लंघन गर्नुभएको छ । सरकारको प्रवक्ताले आचारसंहीताको ठाडो उल्लंघन गर्ने अवस्था जुन सिर्जना भएको छ, यो एकदमै लज्जास्पद छ । उहाँले आचारसंहीता पालना नगर्ने हो भने अरुले के गर्ने ? अरु नागरिकले पालना गर्ने कि नगर्ने आचारसंहीता ?

उहाँले प्रशासनको दुरुपयोग गर्नुभएको छ । प्रहरी प्रशासन सबै मुकदर्शक भएका छन् । सार्वजनिक बाटोहरु रोकेर मञ्च बनाइएको छ । सभा आयोजना गरिएको छ । ३०÷४० वटा लावालस्कर गाडीहरु सरकारी गाडीसहित लावालस्कर लगाएर निर्वाचन आचारसंहीताको धज्जी उडाउने काम भएको छ । जनप्रतिनिधिहरु खुलेआम भोट मागेर हिँडिरहेका छन् । कर्मचारीहरु नेपाली काँग्रेसलाई भोट मागिरहेका छन् ।’

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहीता उल्लंघन गरेको उजुरी आफुले प्राप्त गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘उजुरीको विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी नै छ । स्थानीय निकायका प्रमुखहरु र उम्मेदवारले आचारसंहीता उल्लंघन गरेको उजुरी छ । अध्ययन गरेर के गर्नुपर्ने ? कुन ढंगले जाने भन्ने गर्छौ ।’

उहाँले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिनुभयो ।