२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी



अ+ अ-

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी परेको छ ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका सञ्चारमन्त्री कार्कीबिरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्की बिरुद्ध आचारसंहीता उल्लंघनको उजुरी दर्ता गराउनुभएको हो । सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले ठाडो आचारसंहीता उल्लंघन गर्नुभएको छ । सरकारको प्रवक्ताले आचारसंहीताको ठाडो उल्लंघन गर्ने अवस्था जुन सिर्जना भएको छ, यो एकदमै लज्जास्पद छ । उहाँले आचारसंहीता पालना नगर्ने हो भने अरुले के गर्ने ? अरु नागरिकले पालना गर्ने कि नगर्ने आचारसंहीता ?

उहाँले प्रशासनको दुरुपयोग गर्नुभएको छ । प्रहरी प्रशासन सबै मुकदर्शक भएका छन् । सार्वजनिक बाटोहरु रोकेर मञ्च बनाइएको छ । सभा आयोजना गरिएको छ । ३०÷४० वटा लावालस्कर गाडीहरु सरकारी गाडीसहित लावालस्कर लगाएर निर्वाचन आचारसंहीताको धज्जी उडाउने काम भएको छ । जनप्रतिनिधिहरु खुलेआम भोट मागेर हिँडिरहेका छन् । कर्मचारीहरु नेपाली काँग्रेसलाई भोट मागिरहेका छन् ।’

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहीता उल्लंघन गरेको उजुरी आफुले प्राप्त गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘उजुरीको विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी नै छ । स्थानीय निकायका प्रमुखहरु र उम्मेदवारले आचारसंहीता उल्लंघन गरेको उजुरी छ । अध्ययन गरेर के गर्नुपर्ने ? कुन ढंगले जाने भन्ने गर्छौ ।’

उहाँले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिनुभयो ।