२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारिकता मुद्दामा सर्वोच्चद्वारा कारणदेखाउ आदेश जारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्दामा कारणदेखाउ आदेश जारी गरेको छ। 

महन्थ ठाकुरले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सो आदेश दिएको हो ।

रिटमा अन्तरिम आदेश माग गरिएको सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कारणदेखाउ आदेश जारी गरेको हो ।

साउन ११ गते निर्वाचन आयोगले ‘हेडकाउन्ट’मा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले साउन १५ गते आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।