६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले कर्णालीका तीन जिल्लामा सम्बोधन गर्ने



file
अ+ अ-

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन लक्षित जनसभालाई सम्बोधन गर्न आइतबार कर्णाली आउने भएका छन् ।

एमालले कर्णालीका तीन जिल्लामा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न ओली सुर्खेत आउन लागेका हुन् ।

अध्यक्ष ओलीले कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओली कालिकोट, दैलेखमा आयोजित जनसभालाई सम्बोधन गरेर दिउँसो २ बजे सुर्खेत आउने बताइएको छ ।