१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

एमालेको सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेः सचिव रायमाझी

एमालेको सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेः सचिव रायमाझी
अ अ+ अ-

बुटवल । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरु गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको उनको भनाई छ ।

शनिबार बुटवलमा नेकपा एमाले अर्घाखाँची रुपन्देही सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेबाट अर्घाखाँचीको प्रतिनिधिसभा उम्मेदार समेत रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताए ।

‘प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन, यो भन्दा हरिबिजोग के हुन्छ ?, एमालेसँग एक्लाएक्लै चुनावमा गए अस्तित्व मेटिने त्रास बाहेक के हुन्छ ? तर हामीलाई कुनै डरत्रास छैन, जनताले कसले के काम गर्यो भनेर हिसाब गरेका छन्’– नेता रायमाझीले भने ।

डेढ दशकअघि अर्घाखाँचीको विकासको अवस्था र अहिलेको अवस्थालाई जिल्लावासीले मूल्यांकन गरेको बताउँदै नेता रायमाझीले गठबन्धनविरुद्धको सन्देश स्थानीय तहको निर्वाचनमा दिइसकेको बताए ।

उनले भने–‘अहिले हामीले मेहनत गरेका योजनामा अरुले नाम राखेर प्रचार गर्नुपर्ने अवस्था छ, त्यसको साटो यो डेढदशक हामी सरकार बाहिर रहेको समयमा किन काम हुन सकेन भनेर उनीहरुसँग कुनै जवाफ नै छैन, हामीले सुरु गरेका महत्वपूर्ण आयोजनाहरु रोक्ने काम भएको छ, अब तपाईहरु यो सन्देश लिएर गाउँमा आउनुहोस् । ’

स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीबाट देशव्यापी सन्देश दिने काम भएको छ, अब गठबन्धन गरेर चुनावमा हामी बलियो छौं भनेर जनताले पताउनेवाला छैन, अरुबेला जिल्लामा नटेक्ने, विकासका काममा कुनै सरोकार नराख्ने, चुनावको बेला आएर चर्का कुरा गरेर कसैले पत्ताउनेवाला छैन– नेता रायमाझीले भने ।

जिल्लामा भौतिक विकाससँर्ग, कृषिको आधुनिकीकरण, व्यवस्थित बजारीकरण र खानेपानी तथा विद्युतको व्यवस्थापन, स्वास्थ्य र शिक्षाको व्यवस्थापन, बढ्दो बसाईसराई रोक्न दीर्घकालीन योजना र पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन योजना पार्टीले योजना बनाएर लागेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा २ का उम्मेदार रामजी घिमिरे, समानुपातिक उम्मेदार बिजुला रायमाझी, एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसाललगायतले पार्टीले चुनावमा गरेका प्रतिद्धवतालाई पूरा गर्ने जनाएका थिए । रुपन्देही आसपासमा अर्घाखाँचीबाट आएर बसोबास गरेका एमाले निकट विभिन्न क्षेत्रका व्यक्तिहरुसँग चुनावी प्रतिवद्धता तथा भेटघाट गरिएको अध्यक्ष डबल बिसीले जानकारी दिए ।