२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको भन्दै पुष्पव्यवसायीको प्रदर्शन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै र्याली निकालेका छन ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध र्यालीसहितको प्रर्दशन गरेका हुन । बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलालाई ज्ञापन पत्र समेत बुझाएका छन ।

ज्ञापन पत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्नेहरुमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनु भयो । उहाँले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

स्वदेशी पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरुको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरुको आरोप छ ।