२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई हर्क साम्पाङको जवाफः एमालेले ३० वर्षमा गर्न नसकेको काम मैले चार महिनामा गरेँ



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा गरेको दाबी गरेका छन् ।

शुक्रबार चुनावी प्रचारप्रसारको क्रममा धरान पुगेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशीको पानी तानेर एमालेले डाँडामा ल्याउने दाबी गरेका थिए ।

धरानमा पानीको विकराल समस्या भएको तर मेयर छान्ने बेलामा धराने जनताले आँखा नदेखेको भन्ने टिप्पणी गरेपछि मेयरले साम्पाङले धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई ओलीले अपमान गरेको टिप्पणी गरेका हुन् ।

‘मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।