१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा बिस्तार



अ+ अ-

काठमाडौं । बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै सनराइज बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं.१४, बयलकाँडामा ८२ औं शाखारहित  बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१ औं गरि थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ ।

बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने जनाएको छ ।

हाल बैंकले १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा दिँदै आइरहेको छ ।