२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले आज डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरूलाई सम्बोधन गर्न आज धनगढी जाँदै छन् ।

अध्यक्ष ओलीले आजै सुदूरपश्चिमका डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डोटी, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरिएको छ ।

अध्यक्ष ओलीले यही कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, वैतडी र कञ्चनपुरमा भव्य चुनावी सभामा सम्बोधन गरेका थिए ।