२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त गतिमा

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त गतिमा
अ अ+ अ-

लमजुङ । बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य यहाँ सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुपोत्तम अधिकारीले भन्नुभयो, “दसैँ तिहार र चुनावका कारण कामले तीव्रता लिन सकेको छैन ।” वर्षायाममा वर्षाले यस सडकको विभिन्न ठाउँमा पहिराले खस्दासमेत काममा अवरोध आउँदा समय लागिरहेको उहाँको भनाइ छ ।

हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने एकमात्र यस सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ । अब नाली बनाउने र केही संचरना निर्माण गर्नेलगायतका काम बाँकी रहेको र यतिबेला ती काम भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो । यतिबेलासम्म आधाभन्दा बढी निर्माण कार्य हुनुपर्ने भए पनि अधिकांश काम अझै बाँकी रहेको बताइएको छ । काम सुस्त गतिमा हुँदा निर्धारित समयमा सम्पन्न नहुने होकी भन्ने आशंका स्थानीयले गर्न थालेका छन् ।

स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले २०५१ सालमा यसखण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्रयाक खोलेको थियो । उक्त खण्डमा स्तरोन्नतिको काम अघि बढ्दा स्थानीय उत्साहित भए पनि कामको गतिले भने निरास बनाएको स्थानीय कृष्णबहादुर आलेले बताउनुभयो । सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ ।

ट्रयाक खोलेको करिब २७ वर्षमा बेँसीसहर–चामे सडक कालोपत्रको काम अघि बढेको छ । पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिका कालोपत्र गरिने भएको छ । त्यस्तै, तेस्रो चरणमा रोड फर्निचर ९पेन्टिङ० गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने कार्य हुने उहाँको भनाइ छ ।

पहिलो चरणको निर्माण कार्य गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ बढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन । आशिष अनेस्ट चितवनले २०८० असार मसान्तसम्म कालोपत्र गर्ने गरी २०७८ असार मसान्तमा सम्झौता गरेर काम अघि बढाईएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रु कूल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ । विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण निर्माण भने २०७८ असोजदेखि मात्र सुरु भएको थियो ।

यस सडकको बेँसीसहरदेखि खुदीसम्मअर्थात् करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित तीन सय मिटर लामो खरखरभिरको लागि सो रकमबाहेक टेण्डर आह्वान गरेर रु २० करोड स्टेमेन्ट गरेकामा करिब रु १६ करोड र सोही नजिकै एक सय २० मिटरको करिब रु चार करोडमा पुल तथा बाटो निर्माण हुने उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रु १६ करोड लागत्तको काम खरीढुङ्गा गोल्मेस्वर जेभीले र रु चार करोडको काम सानो खरीढुङ्गा निर्माण सेवाले गर्ने भएको छ । बेँसीसहरमा रहेको नेपाली सेनाले २०६९ सालमा पूरा गर्दै डिभिजन सडक कार्यालय दमौली तनहुँलाई यस सडक हस्तान्तरण गरेको थियो ।

अघिल्लो वर्षदेखि उक्त डिभिजन सडक कार्यालय मार्फत डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले यस सडकको काम हेर्दै आएको छ । पैसठ्ठी किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर पर्छ ।