२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’

प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’
अ अ+ अ-

रामपुर । विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैँ पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ ।

विद्यार्थीलाई स्वास्थ्य सेवा सहज रुपमा विद्यालय हाताभित्र उपलब्ध गराउने उद्देश्यले रामतुलसी मावि रामपुरमा एकजना छुट्टै स्वास्थ्यकमी (नर्स) शिक्षकसहित स्वास्थ्य कार्यकक्ष तथा प्राथमिक उपचार सेवा प्रभावकारी बन्दै गएको छ । टाउको, पेट दुख्दा, सामान्य चोटपटक लाग्दा विद्यालयमा उपचार सेवा पाउँदा धेरै राहत पुगेको र यसले पढाइमा आत्मबल बढाएको विद्यार्थी प्रकृति पोखरेलले बताउनुभयो ।

“सञ्चो नहुँदा पहिला सिधै उपचार नगरीकन घर गइन्थ्यो, धेरै असजिलो भएमा अभिभावक बोलाएर अस्पताल जानुपर्दा दुःख हुन्थ्यो, अहिले विद्यालयभित्रै प्राथमिक उपचार सेवाले धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

कक्षा कोठामा सामान्य स्वास्थ्य समस्या आउदा बाध्यताले कक्षाकोठामै बसेर पढ्दा पढाइ प्रभावित हुन्थ्यो । अहिले अप्ठ्यारो परेमा विद्यालयमा स्वास्थ्य सेवा लिएर पढ्न पाउँदा पढाइमा सहज भएको विद्यार्थी स्वरुप मरासिनी बताउनुहुन्छ । बेलाबेलामा नर्स शिक्षकसँग स्वास्थ्यसम्बन्धी सल्लाह तथा उपचार सेवा नियमित रुपमा लिँदै आएको उहाँले बताउनुभयो ।

रामतुलसी माविमा विसं २०७७ फागुन १६ देखि सो सेवाको व्यवस्था भएको हो । सामान्य समस्या हुँदा विद्यालय नआउने गरेका विद्यार्थीहरु अहिले नियमित आउन थालेको पाइएको छ । ज्वरो आउने, टाउको दुख्ने विशेषगरी छात्राहरुलाई महिनावारीका समय प्राथमिक उपचार सेवा लिन धेरै सहज भएको छ ।

स्वास्थ्य कक्षमा दुईवटा शय्या, एकवटा बिरामी बोक्ने स्टेचर, ब्लड प्रेसर जाँच गर्ने मेसिन, सेनेटरी प्याड, अक्सिजन जाँच गर्ने सामान लगायतका प्राथमिक उपचारका सबै सामग्रीको बन्दोबस्त छ । विद्यार्थीलाई प्राथमिक उपचार सबै निःशुल्क दिइएको छ ।

बिद्यालयमा कक्षा सञ्चालन नहुदा खेल खेल्दा लडेर चोटपटक लागेमा, एक्कासि ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्या भएमा स्वास्थ्य कार्यकक्षमा आउने गरेको नर्स शिक्षक सोनु सुवेदी बताउनुहुन्छ ।

नर्स सुवेदीका अनुसार एक महिनामा दुई सयभन्दा बढी विद्यार्थीले सो सेवा लिँदै आइरहेका छन् । गम्भीर खालका बिरामी भएमा अभिभावक बोलाएर थप उपचारका लागि अन्यत्र अस्पताल सिफारिस गर्ने तथा घरमै लगेर आराम गर्न सुझाव दिने गरिएको छ ।

नमुना विद्यालयअन्तर्गत सङ्गीत, स्वास्थ्य, खेलकुदका शिक्षक राख्नुपर्ने मापदण्डअनुसार विद्यालयले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आन्तरिक कोषबाट तलब व्यवस्थापन गरी एकजना नर्स शिक्षकको व्यवस्था गरिएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ ।

“विद्यालयमा देखिने काम र सही सदुपयोग भएको छ, सामान्य समस्या परेमा अभिभावक बोलाउनुपर्ने, अस्पताल लैजानुपर्दा अप्ठ्यारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले एकजना नर्स शिक्षक नै परिचालन गरेपछि गम्भीर प्रकृतिका बाहेक सबैजसो समस्या विद्यालयबाट समाधान हुने गरेको छ, फुर्सदको समयमा पालैपालो कक्षाकोठामा स्वास्थ्य सचेतना समेत दिने गरिएको छ ।”

रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले रामपुरमा सामुदायिकतर्फ रामतुलसी र जनविकास मावि, निजीतर्फ भूपूसैनिक राइजिङ बोर्डिङ स्कुलमा नर्स शिक्षकको व्यवस्था रहेको र यसले शिक्षण सिकाइमा धेरै राम्रो प्रभाव पारेको बताउनुहुन्छ ।
जनविकास माविमा प्रदेश नमुना विद्यालय योजनाअन्तर्गत सङ्गीत, खेलकुद, नर्स शिक्षक व्यवस्था गर्नुपर्ने रहेकाले सोही अनुसार सोको व्यवस्था गरिएको हो भने सङ्घअन्तर्गत नमुना विद्यालयमा छनोटमा परेका विद्यालयमा सङ्गीत, खेलकुद, नर्स शिक्षकको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको छ । सोही अनुसार रामतुलसीमा प्राथमिक उपचार कक्षसहित एकजना नर्स शिक्षक नै व्यवस्था गरिएको हो ।