२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै, एमालेलाई सघाएको आरोप



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) लाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका एक मन्त्रीलाई हटाउने तयारी गरिएको छ ।

प्रदेशका ऊर्जा तथा सिँचाइमन्त्री हरिशरण आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनलाई उनकै पार्टीको निर्देशनमा हटाइन लागिएको बताइएको छ ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा गोरखा निर्वाचन क्षेत्र नं २ को १ बाट आचार्य बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

आसन्न निर्वाचनमा उनलाई टिकट नदिएर प्रदेशसभामा फणिन्द्र देवकोटालाई उम्मेदवार बनाइएपछि उनी असन्तुष्ट रहेका थिए । देवकोटा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट उम्मेदवार बनेका हुन् ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएका थिए । तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको उनीमाथि आरोप लगाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्य मन्त्रीलाई हटाउन प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको बताइएको छ ।