७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

मतदातालाई प्रलोभनः गाउँमा ‘पक्की सडक र पूर्वाधार’, शहरमा ‘रोजगारी र उद्योग’

मतदातालाई प्रलोभनः गाउँमा ‘पक्की सडक र पूर्वाधार’, शहरमा ‘रोजगारी र उद्योग’
अ+ अ-

तनहुँ । निर्वाचन नजिकिएसँगै प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार अगुवा कार्यकर्तासहित अन्य जिल्लामा जस्तै तनहुँमा पनि मतदातालाई आकर्षित गर्न घरदैलोमा व्यस्त छन् । मत माग्दै तनहुँका जनतामाझ पुग्ने सबै उम्मेदवारको भाषण भने प्रायः एउटै हुने गर्छ । उनीहरु ग्रामीण बस्तीमा जाँदा पक्की सडक र सुविधा सम्पन्न अस्पतालको कुरा गर्न छुटाउँदैनन् ।

सहर क्षेत्रको कार्यक्रममा भने उद्योग स्थापना गर्ने र युवालाई रोजगारी दिने कुरा गर्छन् । आ–आफ्नो दलको घोषणापत्रमा उल्लेख गरिएका मुद्दा भन्दा पनि स्थानीय समस्यालाई प्रस्तुत गरेरै मतदाताको मन जित्ने प्रयत्न सबै दलका उम्मेदवार नेताको हुने गरेको आफूले पाएको काठमाडौँबाट हालै गाउँ आउनुभएका भानु नगरपालिका–१३ मिर्लुङका ४८ वर्षीय दुर्गाबहादुर अधिकारीले बताउनुभयो । ‘‘गाउँमा आएका तीन÷चार जना उम्मेदवारले मलाई जिताउनुस् बाटो कालोपत्र गरेर देखाउँछु भनि छाडे,’’ अधिकारीले भन्नुभयो,‘‘त्यसै नेता भएका होइनन् नि । उम्मेदवारलाई के कुरा बोल्दा गाउँलेको ताली पाइन्छ भन्ने थाहा हुने रहेछ ।’’

सबै दलका उम्मेदवारको कुरा सुन्ने तर राम्रो र विकासप्रेमी पहिचान गरी मतदान गर्ने कुरामा गाउँका बासिन्दा भने सचेत हुनुपर्ने उहाँले बताउनुभयो । इमान्दार, छलकपट नभएको, भ्रष्टाचारमा नफसेको र सबैले पत्याएको उम्मेदवारलाई मतदान गर्न सके विकास निर्माण र पूर्वाधारले गति लिने आफूलाई लागेको उहाँले सुनाउनुभयो । ‘‘उम्मेदवारमध्येमा को इमान्दार छ रु कुन उम्मेदवारले विकास निर्माण र पूर्वाधारको काम गर्न सक्छ रु त्यो बुझेर मतदान गर्न सबै गाउँलेलाई आग्रह गरेका छौंँ,’’ अधिकारीले भन्नुभयो, “हामी गाउँका बासिन्दाले प्रष्ट विचार र दीर्घकालीन सोच भएका विकासप्रेमी उम्मेदवारलाई मात्र मत दिने निर्णय गर्न आवश्यक छ । त्यसो गर्न सके मात्र दिगो विकास र समृद्धि गाउँसम्म आउने छ ।”

अघिल्ला निर्वाचनमा केही मतदातानिहीत स्वार्थ र प्रलोभनमा परेको सुनिएकाले यसपटक त्यसो हुन नहुनेतर्फ सबै मतदाता र स्वयं उम्मेदवारसमेत सचेत हुनुपर्ने व्यास नगरपालिका–४ की रामकला गुरुङले बताउनुभयो । ‘‘हामीले गर्ने मतदानबाट विजयी उम्मेदवारले आफ्नो क्षेत्रको समस्या पहिचान गरी पूर्वाधार विकास गर्ने हुन्,’’ गुरुङले भन्नुभयो, ‘‘व्यक्तिगत स्वार्थ र प्रलोभनमा प¥यौँ भने इमान्दार र स्वच्छ छवि भएका नेता हार्ने छन् । त्यसले गर्दा विकास निर्माणको कार्यपछि पर्छ । त्यो कुरा सबैले बुझन जरुरी छ ।’’

मतदानको दुरुपयोग नहोस् भन्नेमा स्वयं मतदाता नै सचेत हुनुपर्ने शुक्लागण्डकी–१ तल्लिपोखरीकी जुना परियारले बताउनुभयो । ‘‘हाम्रोलाई होइन, राम्रो उम्मेदवारलाई विजयी गराउनुपर्छ भन्नेमा सबै मतदाता लाग्नुपर्छ,’’ परियारले भन्नुभयो, ‘‘आफू निर्वाचित क्षेत्रको विकासमा चिन्तन गर्ने उम्मेदवारलाई मतदान गरी विजयी गराउनुपर्छ ।’’केही वर्ष पहिले मत माग्न आउने उम्मेदवार माझ ग्रामीण बस्तीका बासिन्दाले लिफ्टिङ खानेपानी निर्माण पनि मुख्य मागमध्ये पर्ने गरेको व्यास नगरपालिका–१४ कुलुङकी ७२ वर्षीय नरबहादुर थापाले बताउनुभयो ।

अहिले गण्डकी प्रदेश सरकारले स्थानीय तहमार्फत अनुदानको व्यवस्था गरेपछि गाउँका बासिन्दाबाट उम्मेदवारले लिफ्टिङ खानेपानीको समस्या छिटफुटबाहेक सुन्नुपरेको छैन । गाउँ र सहर क्षेत्रका मतदाताले उम्मेदवारसँग माग गर्ने मुख्य विषयमध्ये सामुदायिक भवन पनि एक हो । मतदाताको सामूहिक माग आएपछि उम्मेदवारले पनि आफूलाई विजयी गराए बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

‘‘प्रतिनिधि र प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन गर्ने अधिकांश योजनामा आफ्नै कार्यकर्ताको सामुदायिक भवन हुने गरेको छ’,’ व्यास नगरपालिका–१ का रामभक्त अधिकारीले भन्नुभयो, ‘‘सीमित जनतालाई मात्र राहत पुग्ने यस्ता कार्यक्रमप्रति सबै जनताले अपनत्व भाव जगाउन आवश्यक छ ।’’

दमौलीदेखि गजौडे र क्यामिनहुँदै मिर्लुङसम्म पुग्ने कच्ची मोटर मार्ग, दमौलीदेखि केशवटार हुँदै बन्दीपुर पुग्ने कच्ची सडक मार्ग, दमौलीदेखि आँबुखैरेनी–५ घुमाउनेघाट निस्कने ३१ किलोमिटर दूरीको बुद्धसिं मार्ग, शुक्लागण्डकीदेखि कालिमराङसम्मको कच्ची मोटरमार्ग, कोत्रेदेखि थप्रेकसम्म निस्कने कच्ची सडक, म्याग्देको थर्पुदेखि छाङसम्म पुग्ने कच्ची सडकलगायतका ग्रामीण मार्ग वरपर बाक्लो बस्ती छ ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यसपटक पनि तनहुँमा मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । तनहुँको दुई वटा क्षेत्रमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०को गठबन्धन र नेकपा ९एमाले० लगायतका दलका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । तनहुँ क्षेत्र नं १ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धनका कमाण्डर रामचन्द्र पौडेल र एमालेका उम्मेदवार एकबहादुर रानाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसमेत स्वतन्त्र उम्मेदवारीका साथ प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ क्षेत्र नं १ प्रदेशसभा १ ९क० मा गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र एमालेका रामबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ क्षेत्र नं १ प्रदेशसभा १ ९ख० मा गठबन्धनबाट माओवादी केन्द्रका हरिबहादुर चुमान र एमालेका पूर्णबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहनुभएका गुरुङले एमाले प्रवेश गरेपछि उम्मेदवारको टिकट हात पार्नुभएको हो ।

आफूले तनहुँको मतदाताको शिर झुकाउने गरी कुनै पनि नराम्रो काम अहिलेसम्म नगरेको र ग्रामीण क्षेत्रमा मोटर बाटो र दिगो विकास गर्ने कार्यमा आफू लागि परेकोले मतदाताले आफूलाई अत्याधिक मत दिई विजयी गराउनेमा आफू विश्वस्त रहेको कांग्रेसका वरिष्ठ नेता पौडेल बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा पक्की सडक, शिक्षाको गुणस्तर सुधार र विकास निर्माणको पूर्वाधार पु¥याई ‘गाउँमै आम्दानी, गाउँमै रोजगारी’ भन्ने अभियानमा आफू जुटेको उहाँको भनाइ छ ।

एमालेका उम्मेदवार रानाले पनि आफूलाई सबै मतदाताको साथ र समर्थन रहेकाले आफू नै विजयी हुने बताउँदै आउनुभएको छ । कांग्रेसकै कार्यकर्ताको साथ र सहयोगले यस पटकको निर्वाचनमा आफू विजयी भई छाड्ने जोशीले बताउनुहुन्छ । सर्वोच्च अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन अवस्थामा रहेपनि आफूलाई प्रतिनिधिसभा सदस्य हुनबाट कुनै कानुनले नरोक्ने जोशीले बताउनुभएको छ ।

तनहुँ क्षेत्र नं २ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र एमाले स्थायी समिति सदस्य किरण गुरुङ चुनामी मैदानमा हुनुहुन्छ । तनहुँ क्षेत्र नं २ प्रदेश सभा २ ९क० मा गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र एमालेका स्यामराजा महतबीच प्रतिस्पर्धा हुनेछ ।

तनहुँ क्षेत्र नं २ प्रदेश सभा २ ९ख० मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले र एमालेका केदार सिग्देलबीच चुनावी भीडन्त हुनेछ । आफू मतदाताको सुखदुःखमा साथ दिँदै विकास र पूर्वाधारको क्षेत्रमा अघि बढ्ने भएकाले आफू भारी मतले विजयी हुने क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारी बताउनुहुन्छ । आफू तनहँुको विकासको लागि अहोरात्र खटिने नेता भएको तथ्य मतदाताले बुझेको उहाँको भनाइ छ ।

आफूले पनि ग्रामीण भेगमा पक्की बाटो, डाक्टरसहितको स्वास्थ्य केन्द्र गुणस्तरीय शिक्षा र रोजगारीलगायतका सुविधालाई महत्वमा राखेको भण्डारीले बताउनुभयो । आफूले गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हुँदा तनहुँको अधिकांश बस्तीमा विकास निर्माणको कार्य गरेकोले पनि आफूलाई जनताले मतदान गरी जिताउनेमा आफू विश्वस्त रहेको एमालेका उम्मेदवार गुरुङ बताउनुहुन्छ । पक्की सडक, स्वच्छ खानेपानी, सुविधासम्पन्न स्वास्थ्य केन्द्र, गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकतामा पर्ने गुरुङले जानकारी दिनुभयो ।

तनहुँ क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभा सदस्यमा क्रमश ः १५ र १० जना गरी २५ उम्मेदवार छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा १ ९क० मा ११ जना, प्रदेशसभा १ ९ख० मा सात जना, तनहुँ क्षेत्र न।१ प्रदेशसभा २ ९क० मा ८ जना, प्रदेशसभा १ ९ख० मा चारजना गरी ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ग्रामीण र सहर क्षेत्रको मतदाताको समस्या र भूगोलको बारेमा जानकार हुने भएकाले पनि प्रायः उम्मेदवारको भनाइ एकैखालको हुनु स्वभाविक भएको मतदाताको भनाइ छ । सबै उम्मेदवारले दिगो विकास र सुशासनको नारा दिएर मतदातामाझ जाने गरेपनि इमान्दार, विकासप्रेमी र जनताको दुःखमा साथ दिने र आर्थिक पारदर्शी उम्मेदवारलाई विजयी गराउनुपर्ने म्याग्दे गाउँपालिका–२ का रामप्रसाद श्रेष्ठले बताउनुभयो । ‘‘यसपटक सबैले असल उम्मेदवार पहिचान गरेर मतदान गर्नुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘राम्रो उम्मेदवारलाई जिताउन सक्यौंँ भने मात्रै विकासले गति लिने हो । नराम्रोलाई जिताएर पठाए फेरि पाँच वर्ष पछुताउँदै बस्नुपर्ने हुनसक्छ ।’’

तनहुँ निर्वाचन क्षेत्र नं १ मा पर्ने पाँच स्थानीय तहमध्ये व्यास र भानु नगरपालिका र देवघाट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा भने क्रमश ः एमाले र माओवादी केन्द्रले जितेको छ । त्यसैगरी तनहुँ निर्वाचन क्षेत्र नं २ को स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी र भिमाद नगरपालिकामा क्रमशः कांग्रेस र एमाले विजयी भएको थियो । म्याग्दे र घिरिङ गाउँपालिकामा एमाले तथा ऋषिङ गाउँपालिकामा कांग्रेसले जितेको थियो ।

तनहुँमा कूल मतदाता दुई लाख ४८ हजार चार सय ९५ रहेको छ ।

तनहुँ क्षेत्र नं १ मा ६३ हजार आठ सय ४३ महिलासहित कूल एक लाख २३ हजार चार सय ८० मतदाता छन् । तनहुँ क्षेत्र नं १ को १ (क) मा ६७ हजार एक सय ४४ र तनहुँ क्षेत्र नं १ को १ (ख) मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नं २ मा ५६ हजार दुई महिलासहित कूल एक लाख २४ हजार पाँच मतदाता छन् ।

तनहुँ क्षेत्र नं २ को २ (क) मा ६७ हजार ३२ र तनहुँ क्षेत्र नं २ को २ (ख) मा ५७ हजार नौ सय ७३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तनहुँमा महिला मतदाता पुरुषको भन्दा नौ हजार एक सय ९५ ले बढी छ । महिला मतदाताको सङ्ख्या बढी भए पनि प्रत्यक्ष निर्वाचनतर्फ कुनै पनि दलले महिलालाई उम्मेदवार नबनाएको भन्दै आलोचना भएको थियो । रासस