२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार: नेता आचार्य



अ+ अ-

रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ईन्जिनियर मोहन आचार्यले निर्वाचन पछि काग्रंस नेतृत्वमा सरकार बन्ने बताउनु भयो।

निर्वाचन प्रचारप्रसारको क्रममा रसुवाका विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता आचार्यले काग्रंस नेतृत्वमा बन्ने सरकारले विकास र संबृघ्दिलाई प्राथमिकता दिने बताउनु भयो।

कांग्रेस सरकारले ग्रामीण अर्थतन्त्रको विकासका लागि काम गर्ने भन्दै उहाँले यसले रोजगारी सृजनामा सधाउने बताउनु भयो ।

रसुवाको संबृघ्दिनै आफ्नो प्रमुख प्राथमिक्तामा रहेको बताउदै उहाँले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनकालागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उहाँले बताउनु भयो।

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताउनु भयो ।

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उहाँले बताउनु भयो ।

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताउनु भयो। त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उहााले बताउनु भयो ।

भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ति निर्माण गरिएको बताउनु भयो।




भर्खरै