२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाश्मी नेपालका लागि पाकिस्तानका नयाँ राजदूत नियुक्त



अ+ अ-

काठमाडौं । नेपालका लागि पाकिस्तानका नयाँ राजदूत अबराब एच. हाश्मी नियुक्त हुनुभएको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जरीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हाश्मीलाई नेपालको नयाँ राजदूतमा नियुक्त गर्नुभएको हो ।

अबराब एच हाश्मी यसअघि अमेरिकाको ह्युस्टनमा महावाणिज्य दूतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।