२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

ला लिगाः बार्सिलोनाको सहज जित, पिकेद्वारा फुटबलबाट सन्यास

ला लिगाः बार्सिलोनाको सहज जित, पिकेद्वारा फुटबलबाट सन्यास
BARCELONA, SPAIN - NOVEMBER 05: Gerard Pique of FC Barcelona react as they speak to the fans after the LaLiga Santander match between FC Barcelona and UD Almeria at Spotify Camp Nou on November 05, 2022 in Barcelona, Spain. (Photo by Alex Caparros/Getty Images)
अ अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियालाई २–० गोलले पराजित गरेको हो ।

खेलको ४८ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, ६२ औं मिनेटमा फ्रेङ्की डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र बार्सिलोना २–० गोलले विजयी बन्यो ।

यसै खेलबाट बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यास लिए । घरेलु मैदान क्याम्प नोउमा हजारौं घरेलु दर्शकबीच उनले सन्यासको घोषणा गरे ।

उनी २००८ मा म्यान्चेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका पिकेले आठ ला लिगा, तीन च्याम्पियन्स लिग र सात कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन् ।

स्पेनका लागि १०२ क्यापसहित पिकेले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । स्पेनले २०१२ को युरोकप र ​​२०१० को विश्वकप जित्दा उनी त्यस टोलीका सदस्य थिए ।