२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको नाता सम्झी मत दिनुहोस्ः उम्मेदवार गुरुङ



अ+ अ-

हेमजा। कास्की क्षेत्र नं. ३ प्रदेश १ अन्तरगत नेकपा एमालेका उम्मेद्वार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई बिश्वास गरेर मत दिने बताउनु भएको छ ।

चुनावी अभियान अन्तरगत घरदैलोका क्रममा शनिवार गृह वडा माछापुच्छे« ७ धम्पुसमा भएका विभिन्न कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ‘मैले तरुल खनेको वन यही हो, म हुर्केको ठाँउ यहि हो, यहाँ मेरो रगत, माटो तथा भुगोलको सम्बन्ध छ, यो धम्पुस मेरो प्राण भन्दा पनि प्यारो छ उनले भने ।मेरो जीतका लागि धम्पुसवासी सबै पार्टीभन्दा माथि उठी स्थानीयका नाताले मत दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु ।’

धम्पुसमा पर्यटन, जल, जमिन, जडिबुटी लगायतको समुचित प्रयोग गरी विकास गर्ने पनि गुरुङले आफ्नो उम्मेदवारी आम धम्पुसवासीको भएकाे बताउनु भयो । चुनाव जिते पनि हारे पनि खानीगाउँमा पानीको सहजता तथा खेल मैदान निर्माण, कोत्लेदेखि ल्वाङ र घान्द्रुक जोड्ने सडक स्तरउन्नती लगायतका विकासमा आफ्नो पहल रहने उम्मेदवार गुरुङले स्पष्ट पार्नुभयो । केही नागरिकहरुले स्वःस्फुर्त रुपमा गणेशमान जिताऊ अभियान सुरु गरिसक्नुभएको छ, म त्यसमा होमिन आम धम्पुसवासी समक्ष आग्रह गर्दछु गुरुङले भन्नुभयो ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी वलीले नेपालको समृद्धि लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताउनुभयो । धम्पुस पर्यटकीय गाउँ हो, त्यहाँको विकासका लागि पर्यटन चिनेको धम्पुसकै छोरा चुनावी मैदान होमिएको छ, त्यसैले उक्त उम्मेदवारले अत्याधिक मत पाउनु पर्दछ भन्ने हो,नेतृ गिरीले भन्नुभयो ।

कोणसभामा एमाले प्रदेश सदस्य लालबहादुर परियार, वामपन्थी बुद्धिजिवी पूर्ण गिरी, गणेशमान् जिताऊ अभियानका प्रेम सुनार, एमालेका स्थानीय नेताहरु सम गुरुङ, अमर गुरुङ, गोविन्द भण्डारी, यमबहादुर गुरुङ, चन्द्रबहादुर विक, कुलप्रसाद भण्डारी, हरिप्रसाद विक, स्थानीयहरु कृष्ण विक, थमन विक लगायतले पनि धारणा राख्नुभएको थियो ।