४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विषको पोका: क्यान्सर ल्याउने क्रिम किनेर प्रयोग गरेको ?

आफ्ना सन्तान लाई यस्तो सामग्री बाट बचाउने कि

विषको पोका:  क्यान्सर  ल्याउने क्रिम किनेर प्रयोग गरेको ?
अ+ अ-

गोरो पार्ने क्रिममा मिसाइएको मर्करीले छालामा विभिन्न समस्या ल्याउँछ । विश्व स्वास्थ्य संघका अनुसार मर्करीले मिर्गौला बिगार्ने, रोग–प्रतिरोधात्मक क्षमता घटाउने, रगतको कमी गराउने, गर्भवती महिलाको गर्भपतनसमेत गराउन सक्नुका साथै यसले बच्चाहरुको मस्तिष्कको विकासमा पनि घातक असर पार्न सक्छ ।

अहिले नेपालमा रसायन मिसाएको तरकारीहरु खानुहुँदैन भन्ने धेरैले बुझिसकेका छन् । तर अनेक रसायन मिश्रित हानिकारक सौन्दर्य सामग्रीचाहिँ प्रयोग गर्नुहुँदैन भन्ने जानकारी कमैलाई मात्र छ ।

नेपालगन्जका केही महिलाले अनुहारमा लगाउने क्रिमबारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए, ‘अनुहार राम्रो पार्न, चाया हटाउन चाइनिज क्रिमको प्रयोग गरेको एक–दुई महिना त राम्रो देखियो, तर पछि अनुहारमा रातो, नीलो दाग देखिएपछि सो चाइनिज क्रिमले समस्या पारेको थाहा भयो ।’ नेपालगन्जकी शान्ति नामक एक महिलाले अनुहार गोरो पार्ने क्रिम लगाउँदा अनुहारमा “रोजसिया” नामक छालाको रोग भयो । सो थाहा पाएपछि उनी काठमाडौँमा छालारोग विज्ञकहाँ आएर उपचार गराइन् । ‘अनुहार सेतो पार्ने धुनमा झन् छाला बिगार्ने, तनाव गराउने र पैसा पनि खर्च हुने काम भएको’ शान्तिको निष्कर्ष थियो ।

अहिले युरोपका धेरै देशहरुमा लिड (सिसा) लगायतका हानिकारक वस्तुहरु मिसिएको सौन्दर्य सामग्रीहरु बजारमा ल्याउन निषेध गरिएको छ । नेपालमा भने सौन्दर्य सामग्री र तिनमा कति घातक रसायन मिसिएका हुन्छन् भनेर हेर्ने व्यवस्था नै भएको पाइन्न ।

शिक्षित र आधुनिकहरु पनि अहिलेसम्म राम्रो हुनु भनेको गोरो हुनु हो भन्ने भ्रममा परेर अनुहारमा अनेक थरीका हानिकारक सौन्दर्य सामग्रीसमेतको प्रयोग गर्छन् । अनुहार, पाखुरा, घाँटी आदि गोरो पार्छ भनिएका क्रिममा मिसाइएको मर्करी र अन्य रसायनहरु स्वास्थ्यका लागि घातक हुन्छन् ।

नेपालमा एक गैरसरकारी संस्था ‘जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र’ ९ऋभ्एज्भ्म्० ले केही वर्षअघि नेपाली बजारमा पाइने ८ ब्रान्डका लिपस्टिक र छाला सेतो पार्ने भनिएका क्रिमको अनुसन्धान गर्दा त्यसमा लिड अर्थात् सिसाको मात्रा हुनुपर्ने मापदण्डभन्दा ३ सय देखि १४ सय ५० गुणा बढी भएको पाइएको थियो । त्यसै गरी छाला सेतो बनाउने क्रिममा मर्करी अर्थात् पारोको मात्रा पनि अत्यधिक नै पाइएको थियो । यस्तो सिसा र मर्करीहरु छाला, ओठको माध्यमबाट शरीरभित्र गएर शरीरका अंगहरुलाई अस्वस्थ पार्छन् ।

पसलमा जे छ त्यही सौन्दर्य सामग्री किनेर प्रयोग गर्नुलाई सीईपीएचईडीका (CEPHED) निर्देशक रामचरित्र शाह ‘विषको पोका किनेर प्रयोग गरेको भन्दा पनि फरक नपर्ने’ बताउँछन् ।

यस्ता सौन्दर्य सामग्रीहरु प्रयोग गर्दा एकै दिन, हप्ता वा महिना दिनमा नै स्वास्थ्य समस्या हुँदैन, तर बिस्तारै शरीरभित्र गएर अंगप्रत्यंगलाई असर गरिरहेका हुन्छन् । केही वर्षपछि शरीरमा यसको खराव परिणाम निस्किन थाल्छ । अफसोस ! अधिकांश प्रयोकगर्तालाई यस्ता सौन्दर्य सामग्रीहरुले स्वास्थ्यमा खराबी गरिरहेको प्रायः पत्तै हुँदैन ।

सौन्दर्य सामग्री बिकाउनकै लागि अनेक थरीका सुन्दरी प्रतियोगिता गरेर ती सामग्रीको व्यापार प्रवद्र्धन गर्ने गरेको देखिन्छ । आम महिला एवं किशोरीहरु त्यस्ता सौन्दर्य प्रतियोगितामा प्रवद्र्धन गरिएका सौन्दर्य सामग्रीको प्रयोग गर्न लालायित हुन्छन् र राम्ररी नबुझीकनै प्रयोग गर्न थाल्छन् । यसले गर्दा सौन्दर्य सामग्रीको व्यापार बढाउने उद्देश्य त पूरा हुन्छ तर ती सामग्रीले सुन्दरता वृद्धि गर्छ कि प्रयोगकर्ताको अनुहारलगायत समग्र स्वास्थ्यमा हानि गर्छ रु यस विषयमा उपभोक्ताहरु प्रायः चासो दिँदैनन्, पछि अनुहार विकृत हुँदा अत्तालिएर चिकित्सककहाँ पुग्छन् ।

भारतीय फिल्मका हिरोइनहरुले अनुहार गोरो बनाउने क्रिम र साबुन भनेर विज्ञापनमा भूमिका गरेपछि यसकै विश्वासमा परेर कतिपय नेपाली महिलाहरु त्यस्तै क्रिम वा साबुन प्रयोग गरेर आफ्नो पनि अनुहार नायिकाको जस्तै सुन्दर हुन्छ भन्ने भ्रम पाल्दै खूब प्रयोग गर्छन् । पछि त्यसले अनुहारमा खराबी देखिन थालेपछि चुप लागेर अनुहार लुकाउँदै बसेर अरुसँग परामर्श गरेको पनि प्रशस्तै भेटिन्छ ।

हिरोइनहरुले सुन्दरता वृद्धि गर्ने भन्दै क्रिम, पाउडर लगाएर विज्ञापन गरेको सौन्दर्य सामग्री वास्तविकतामा उनीहरु आफैँचाहिँ प्रयोग गर्दैनन् ।

उनीहरु विदेशबाट मगाएका उच्च गुणस्तरका महँगा सौन्दर्य सामग्री प्रयोग गर्छन् । उनीहरु घरमा बस्दा कुनै पनि सौन्दर्य सामग्री प्रयोग गर्दैनन् । तर नेपालमा धेरै महिलाले घरमा पनि स्वास्थ्यलाई हानि गर्ने स्तरहीन सामग्री प्रयोग गरेर बसेका हुन्छन् ।