६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाले अफगानिस्तानलाई हरायो



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट अन्तर्गत आयोजक अष्ट्रेलियाले जित निकालेको छ । एडिलेटमा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाए । यस्तै, गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे भने इब्राहिम जाड्रनले २६ तथा डार्विस रसोलले १५ रन जोडे ।

अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५–२५ रन बनाए ।

अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए भने फजलहक फारुकीले २ विकेट लिए । जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

यद्यपि, अष्ट्रेलियाको सेमिफाइनल यात्रा श्रीलंका र इंग्ल्यान्डबीचको खेलमा निर्भर रहनेछ । समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेको छ । अष्ट्रेलिया समूहको दोस्रो स्थानमा उक्लिएको छ ।