२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारले मञ्च बनाउँदा लागेको खर्च बुझाउनुपर्छ: प्रमुख आयुक्त थपलिया



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन सकिएको १५ दिनभित्र आफ्नो निर्वाचन क्षेत्रमा भएका आमसभा वा कोणसभाका लागि मञ्च बनाएको भएको त्यसको खर्च विवरण पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

साथै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रचारप्रसारमा जाँदा संघीय वा प्रदेशमन्त्रीले आयोगको अनुमति लिनुपर्ने जानकारी दिनुभयो । चुनाव प्रचारप्रसारमा जाँदा मन्त्रीहरुले सरकारी स्रोत साधनको प्रयोग गरेको वा नगरेको बारे आयोगले निगरानी गर्ने उहाँको भनाइ थियो ।