९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

जनमत पार्टीको घोषणा पत्र सार्वजनिक: भ्रष्टाचार निर्मुलदेखि राइट टु रिजेक्टसम्मको एजेण्डा 

जनमत पार्टीको घोषणा पत्र सार्वजनिक: भ्रष्टाचार निर्मुलदेखि राइट टु रिजेक्टसम्मको एजेण्डा 
अ अ+ अ-

काठमाडौं । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि मधेशबाट राजनीतिक यात्रा सुरु गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निर्मूलिकरण, सुशासन र सेवा–प्रवाह जनभावना अनुरुप बनाउने मुख्य उद्देश्यसहित जनमत पार्टी चुनावमा सहभागी हुने जारी घोषणापत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचारको अन्त्य, राइट टु रिकल, राइट टु रिजेक्ट सहितको एजेण्डा लिएर सूचनाको हक अधिकार प्रभावकारी ढंगले संस्थागत गर्ने पार्टीले प्रतिवद्धता गरेको छ ।

त्यस्तै, कक्षा १२ सम्म निःशुल्क शिक्षा, युनिभर्सल हेल्थ केयर, एकीकृत सामाजिक सुरक्षा, योग्य जनशक्ति उत्पादन गरि समाजवादसहित लोक कल्याणकारी राज्यको स्थापना गर्ने मुख्य लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ । साथै, पार्टीले नागरिकता समस्याको स्थायी समाधान गर्ने, अनिवार्य २ वर्ष स्वयंसेवक तालिम दिने प्रतिवद्धता समेत गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार विक्रम बमले देश कहाली लाग्दो परिस्थितिमा गुज्रिएको बताएका छन् । देशको अवस्था सुर्धानकै लागि जनमत पार्टीको उदय भएको उनको भनाइ थियो । उनले भने,‘जनमत पार्टी वर्तमान अवस्थाको उपज हो ।’ राजनीतिक दल र पार्टी आफैमा नराम्रो नहुने तर मुलुक सञ्चालन गर्नेले सही तरिकाले गर्न नसकेको कारण सिके राउतको उदय भएको उनले बताए ।

बमले देशको अवस्था बिग्रिएको भन्दै देशमा समृद्ध ल्याउनकै लागि आफ्नो पार्टी पहिलो पटक आम निर्वाचनमा सहभागी हुने जानकारी दिए । हिमाल, पहाड र तराइलाई एकता गर्ने पार्टीको पहिलो लक्ष्य भएको उनले स्पष्ट पारे । उनले शुसासन मुलुकको आवश्यकता रहेको भन्दै सिके राउत देशमा लुकेको हिरा भएको समेत दाबी गरे ।

देशमा भ्रष्टाचारको अन्त्य नभएमा मुलुकको विकास नहुने उनको भनाइ थियो । उनले आफ्नो पार्टीले भ्रष्टाचारको अन्त्यका लागि प्रदेश–२ मा भ्रष्टाचारीलाई कारबाहीको सुरुवात गरेको बताए । उनले अध्यक्ष सिके राउतलाई सरकारले षड्यन्त्र गरे सत्ता उल्टाउने धम्की दिए । उनले भने,‘सिके राउतविरुद्ध राज्यले अझै कुनै पनि षड्यन्त्र गर्छ भने राज्यसत्ता ६ महिनामा उल्टाएर सडकमा ल्याउने चेतावनी दिन्छौ ।’ जनमत पार्टीले सिके राउतजस्ता हजारौं असल व्यक्ति जन्माएर देशमा भएको भ्रष्टाचारको अन्त्य गर्न खोजेको बताए ।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य ई। हरेन्द्र चौधरीले पार्टीको मुख्य एजेण्डा भ्रष्टाचार नियन्त्रण गरी शुसासन कायम गर्नु रहेको स्पष्ट पारेका छन् । आफ्ना भन्दा पनि राम्रा उम्मेदवारलाई मत दिन सल्लाह दिँदै उनले सबै मतदातालाई आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

उनले आसन्न निर्वाचनका लागि आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगरेको समेत स्पष्ट पारे । काठमाडौंमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै उनले आफू निर्वाचित भएमा पानीको समस्या सधैको लागि अन्त्य गर्ने बताए ।