२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता डा शशांक कोइराला अस्वस्थ



फाईल फोटो
अ+ अ-

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहनुभएका उहाँलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना हुनुभएको हो । उहाँको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उहाँ अस्वस्थ हुनुभएको हो । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको दिमाख ९ब्रेन० मा रक्तप्रवाह कम भएको बताउनुभयो । चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिनुभयो ।

अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।