९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तनहुँ–२ः दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा

तनहुँ–२ः दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा
अ अ+ अ-

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छन् ।

सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्ववनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी चुनावी मैदानमा छन् । नेकपा (एमाले) का तर्फबाट पूर्ववनमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । ठूला पार्टीका अलवा यो क्षेत्रमा राप्रपाका नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रविना थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी) का पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी प्रतिस्पर्धामा छन् ।

प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का श्यामराजा महत, मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, नेकपा (एकीकृत समाजवादी) का दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जितप्रकाश आले मगर, नेकपा (एमाले) का केदार सिग्देल, मङ्गोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, नेकपा (एकीकृत समाजवादी) का प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी प्रतिस्पर्धामा रहेका दुई पूर्वमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा वनमन्त्री बनेका थिए । गुरुङ विसं २०६४मा पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा (एमाले)को समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा वनमन्त्री थिए भने भण्डारी दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्दा विसं २०७३ सालमा वनमन्त्री भएका थिए ।

गुरुङ क्षेत्र नम्बर २ अन्तर्गतकै साविक भानुमति गाविस हाल भिमाद नगरपालिका–९ नम्बर ९ का स्थायी बासिन्दा हुन् । भण्डारी क्षेत्र नम्बर १ को साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । भण्डारी विसं २०७० मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए भने विसं २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङ विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गुरुङ अर्थमन्त्री नियुक्त भएका थिए ।

आफूले विभिन्न समयमा प्राप्त गरेको संसदीय जिम्मेवारीको क्रममा तनहुँ क्षेत्र नम्बर २ मा विकासको कामलाई तीव्रता दिएको गुरुङ बताउँछन् । “समृद्ध तनहुँ निर्माणका लागि थप योगदान गर्ने लक्ष्यसहित प्रतिनिधिसभामा उम्मेदवारी दिएको छु”, गुरुङले भने, “मैले गरेको कामको आधारमा म विजयी हुन्छु भन्नेमा निश्चित छु ।” प्रतिनिधिसभा सदस्य उम्मेदवार भण्डारीले विगतदेखि कम्युनिष्टले जित्दै आएको यस ठाउँमा विकासले सोचे जति गति लिन नसकेको हुँदा यसपटक आफूहरूले चुनाव जित्ने बताए । “तनहुँ क्षेत्र नम्बर २ विकासमा पछाडि पर्यो, यसपटकको निर्वाचनमा हामीहरु चुनाव जितेर विकासका योजनालाई अगाडि बढाउँछौँ”, भण्डारीले भने ।

एक लाख २५ हजार मतदाता
तनहुँ क्षेत्र नम्बर २ मा कूल एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा ६७ हजार ३२ र प्रदेश २ मा ५७ हजार नौ सय ७३ मतदाता छन् । यो क्षेत्रमा कूल ४३ वडा पर्छन् । त्यसमध्ये प्रदेश १ मा २१ र प्रदेश २ मा २२ वडा छन् । प्रतिनिधिसभामा एक सय ५३ मतदान केन्द्र छन् । प्रदेश १ मा ८० र प्रदेश २ मा ७३ मतदात केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।