४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ

भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ
अ+ अ-

तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो । दिदीबहीनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार ।

यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ । यस पर्वको महत्व नै भाइपूजा हो । भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो । यो चलनलाई जोगाउनुपर्छ ।

तर, यो पर्व मनाउँदै गर्दा अहिले आएका विकृतिलाई भने कम गर्नुपर्छ । भाइमसलासँग दिइने मिठाईहरु अस्वस्थ्कर हुन सक्छन् । मिठाईहरु कस्तो तरिकाले बनाइएको हुन्छ थाहा हुँदैन । कस्तो तेल प्रयोग गरिएको हुन्छ थाहा हुँदैन ।

बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ, जसले शरीरलाई हानि पुर्याउँछ । त्यसले मुटुमा एकदमै धेरै समस्या उत्पन्न गर्छ । मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा झन् समस्या थपिन सक्छ । त्यसकारण यस किसिमका मिठाईजन्य पदार्थले दाजुभाइको स्वास्थ्यमा नै असर पर्ने गर्छ । सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरौँ । दाजुभाइलाई माया गर्ने हो भने घरमा नै बनाइएका खानेकुरा बढी प्रयोग गरौँ ।

साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ । सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ । सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ ।

तिहारको ड्राइफुड्सका विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गर्न सकिन्छ । यिनीहरु स्वास्थ्यबद्र्धक खानेकुरा हुन् । तर, यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन । अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा धेरै राम्रो हुन्छ ।

यिनीहरुमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ । यसको प्रयोगले खानेकुरा मिठो र स्वास्थ्यवर्द्धक हुन्छ ।

घरको खानेकुरा सबैभन्दा लाभदायी

यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा लाभदायी हुन्छ । बाहिरबाट ल्याइएका प्याकेटका खानेकुराले दाजुभाइलाई माया दर्साएको हुँदैन । यसले दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ । यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई माया गरेको नभन्नुस् । हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ । त्यसैले उनीहरुको स्वास्थ्यको ख्याल राख्नु हरेक दिदीबहिनीको कर्तव्य हो ।

बट्टाका जुसहरुमा एकदमै धेरै चिनीको मात्रा हुन्छ । अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरुलाई विभिन्न किसिमका समस्या आइपरेका छन् । त्यसमाथि मधुमेहका बिरामीलाई त झनै समस्या हुन्छ ।

त्यसैकारणले बारीमा पाइने अम्बा, सुन्तला, अमला, हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ । खानेकुरा घरमा बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ । दाल, भात, तरकारी, माछामासु बनाउँदा नुन, चिल्लोको कम प्रयोग गर्ने गर्नुपर्छ ।

सरल र सहज रुपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ ।

खानाको सदुपयोग, स्वास्थ्यको ख्याल !

चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रुपमा खानुहुँदैन । खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो । हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ ।

चाडपर्वमा आफन्तजन सँगको भेटघाट लगायत विभिन्न कारण हाम्रो खाने समयको रुटिन बिग्रिन्छ । केही दिन रुटिन बिग्रिँदा स्वस्थ युवाको स्वास्थ्यमा केही असर पर्दैन । तर रोगी, वृद्ध र बालबालिकाको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्न सक्ने हुँदा यसमा सचेत हुनुपर्छ ।

यस्तै चाडबाडमा हामी मिठाइ कोसेली लिनेरदिने गर्छौं । सकभर मिठाइ खानु हुँदैन । बिरामीलाई त यसले असर गर्छ नै, स्वस्थ व्यक्तिलाई पनि यसले अस्वस्थताको बाटोमा लैजान्छ ।

हामी घरमै चिनी कम हालेर मिठाई बनाएर खान सक्छौं । बाहिरको सकभर खानु हुँदैन । अलिकति चिल्लो पदार्थ त हाम्रो शरीरलाई चाहिन्छ नै । तर बढी चिल्लो खानुहुँदैन । सेल, पुरी कम खानुपर्छ ।

विवेकपूर्ण तरीकाले तिहार मनाउन सकिन्छ, जसले गर्दा पछि शारीरिक कठिनाइहरूको सामना गर्नुपर्दैन र चाडपर्वपछि पनि स्वस्थ भई रमाउन सकिन्छ ।