१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको निर्णयले उम्मेदवारहरुमा भूकम्प जाँदैन भन्न सकिँदैनः दिनेकुमार थपलिया



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताउनुभएको छ ।

शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताउनुभएको हो । उहाँले आगामी १० दिनमा आयोगले आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरुमा भूकम्प जानसक्ने आशंका व्यक्त गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन गरेकोबारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहीताको पूर्ण परिपालना गराउने कुरामा तपाईहरुकै बल प्राप्त भएको, सिकाएको कुराबाट हामीले काम गरेका छौँ । आयोग दृढ छ । आचारसंहीता उल्लंघनमा स्पष्टीकरण सोध्दिँदै यत्तिको अलिकति तरंग आएको छ भने अब १० दिन पछिका आयोगका निर्णयले ठूलै भूकम्प आउला की भन्ने मैले आशंका गरेको छु । त्यहाँ भन्दा धेरै म यसमा प्रवेश गर्न चाहन्न ।

आचारसंहीताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु होइन, कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु हो । उ अब दायराभित्र चाहीँ पस्यो भनेको हो । माकुराको जालोभित्र झिंगो पस्यो, अब जालो काटेर निस्किन सक्यो भने भनेको तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा निस्कियो, होइन भने कारबाही हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताउनु भयो ।