९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियोः महासचिव भुसाल(भिडीयोसहित)

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियोः महासचिव भुसाल(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउनु भयो । उहाँले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताउनु भयो ।

महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताउनु भयो । उहाँले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्नेकुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धन हामीले नेपाली जनताले धेरै लामो संघर्षबाट प्राप्ति गरेका उपलब्धिको रक्षाका लागि बनाएका हौँ । खालि आज चुनावका लागि मात्रै होइन । जब नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधि सभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौँ । हामीले असफल पनि पारेका थियौँ । यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ ।’

‘हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका थिएनौँ भने लोकतन्त्र समाप्त हुने थियो । स्थानीय निर्वाचनमा पनि हामी गठबन्धन गरेर चुनावमा लडेका थियौँ । धेरै ठाउँमा मत बदर भएका कारणले हामीले चुनाव हारेका छौँ । यहीँ काठमाडौं महानगरपालिकामा पनि धेरै मत बदर भएका कारण हामीले चुनाव हा¥यौं । महानगरमा मत बदर नभएको भए हामीले चुनाव जित्थ्यौँ ।’

‘हाम्रा मत बदर भएका कारण मेयर, उपमेयरले प्राप्त गरेका मत पनि जुन संख्यामा बदर भयो, त्यो कारणले हामीले चुनाव हारेका छौँ । यसलाई हामीले बिर्सिनु हुँदैन । फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौँ । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्नेकुरामा अत्यन्त सजग हुन जरुरी छ ।’

महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई सबै जनताले जिताउन आवश्यक रहेको बताउनु भयो ।