९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

माओवादीका मतदाताले अरुलाई मत दिन सहज छ ?– नेताहरुको प्रतिक्रिया(भिडीयोसहित)

माओवादीका मतदाताले अरुलाई मत दिन सहज छ ?– नेताहरुको प्रतिक्रिया(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव डिलाराम आचार्यले गठबन्धनमा आवद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको छ ।

सचिव आचार्यले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको टिप्पणी गर्नुभयो । उहाँले देशमा प्राप्त भएका राजनीतिक उपलब्धीहरु गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरुको चुनाव चिन्हमा भोट हाल्नका लागि आफूहरुले आह्वान गर्ने बताउनु भयो ।

उहाँले अर्को पार्टीको उम्मेदवारलाई किन भोट हाल्ने र यसको राजनीतिक उद्देश्य के हो भन्ने सम्बन्धमा जनतालाई प्रष्ट पार्ने उल्लेख गर्नुभयो । उहाँले नेता कार्यकर्ताहरुले हँसियाहथौडा बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्दिन भनेर हालसम्म नभनेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो राजनीतिक मामिला हो । हामीले हँसियाहथौडामा भोट हालेका मान्छेलाई कलम, रुख अथवा अरु चिन्हमा भोट हाल्न अपm्ठ्यारो त होला तर पनि यो त राजनीतिक लडाइँ हो । आखिर यस खालको मोर्चाबन्दी जुन बनेको छ, निश्चित राजनीतिक उद्देश्यको निम्ति बनेको छ । यसखालको मोर्चाबन्दी बन्नुको पछाडी प्राप्त उपलब्धीहरु गुम्ने अवस्थामा पुगिसकेपछि हामीले काँग्रेस लगायतका दलहरुसँग गठबन्धन गरेका हौँ ।’

‘त्यही गठबन्धनको निरन्तरतामा प्रतिगामी शक्तिहरुको बिरुद्धमा जुन गठबन्धन बनेको छ, यसको पक्षमा हामीले रुख, कलम, गिलास अथवा अरु कुनै चिन्हमा जहाँ हाम्रो गठबन्धन हुन्छ त्यसमा भोट हाल्नको निम्ति हामीले हाम्रा कार्यकर्ताहरुलाई आह्वान गर्छौं । जनताको तहमा गएर हामी यसरी भोट किन हाल्ने ? यसको राजनीतिक उद्देश्य के हो भन्ने कुरामा प्रष्ट पार्दै जान्छौँ । हाल्दैनौँ भनेर त्यस्तो घोषणा गरेको अवस्था त छैन । केही कन्फ्युजनहरु त छन् । तर चुनावको छलफल, वहसको दौरानमा हामी यो सबै कुराहरुलाई क्लियर पारेर लैजान्छौँ ।’

उहाँले आफ्नै पार्टीका उम्मेदवार खोज्ने कार्यकर्ता र मतदाताहरुलाई गठबन्धनको उम्मेदवार नै आफूहरुको उम्मेदवार हो भनेर बुझाउने बताउनु भयो । उहाँले गठबन्धन गरेको ठाउँमा रुख, कलम वा अन्य चिन्ह लिएको पनि आफ्नै पार्टीको उम्मेदवार सरह मानेर भोट हालिने बताउनु भयो । त्यस्तै हँसियाहथौडा चिन्ह लिएकाहरुलाई पनि अन्य दलहरुले आफ्नै उम्मेदवार मानेर भोट हाल्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन भइसकेपछि हाम्रो उम्मेदवार कुनै ठाउँमा रुख चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । कलम चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । र हाम्रो आफ्नो हँसियाहथौडाको चिन्ह लिएको उम्मेदवार पनि अरु दलको पनि उम्मेदवार हो भनेर जुन गठबन्धनको स्प्रिट छ, त्यो स्प्रिट अनुसार हामीले हाम्रा कार्यकर्ताहरुमार्फत समग्र मतदाताहरुलाई स्पष्ट पार्ने कोशिस गर्छौं ।’

‘यो कुनै दाउपेचको निम्ति होइन कि देश अगाडी लैजाने कि पछाडी धकेल्ने भन्ने एउटा लडाइँ भएको हुनाले हामीले यस्तो खालको गठबन्धन गरेर गएका छौँ र यो देशलाई एक पाइला अगाडी बढाउने र राजनीतिक रुपले जे उपलब्धी हासिल भएको छ । त्यसलाई जनताको जीवन व्यवहारमा उतार्नको निम्ति यस्तो हातेमालो गर्ने परिस्थिति सिर्जना भएको हो भन्ने कुरालाई नै स्पष्ट पार्दै हामी जनताको बीचमा जान्छौँ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनका बिरुद्ध अग्रगामीहरुको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एकअर्कालाई भोट हाल्ने बताउनु भयो । जहाँ जुन पार्टीको उम्मेदवार भएपनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उहाँको भनाई छ । उहाँले जुन पार्टीको भएपनि गठबन्धनको उम्मेदवार आफूहरुको उम्मेदवार हुने स्पष्ट पार्नुभयो । समानुपातिकमा भने आ–आफ्नो पार्टीलाई मत मागिने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कलम र रुखमा भोट भोट हाल्ने भन्नेकुरो मुद्दाको आधारमा हो । प्रतिगमनको बिरुद्ध अग्रगामीहरुको यो गठबन्धन हो । गठबन्धन एउटा विचारसहितको, उद्देश्य, नीति कार्यक्रम सहितको भएको हुनाले गठबन्धनमा आवद्ध जति दलहरु छन् । जो–जो, जहाँ उम्मेदवार परेका छन्, त्यहाँ हामी निर्धक्कसँग भोट हाल्नुहोस् भनेर हामीले आह्वान गर्छौं जनतालाई । जनताले मान्छन् । किनभने हामी घर–घरमा जान्छौँ । कन्भिन्स गर्छौं । कार्यकर्तालाई कन्भिन्स गर्छौं ।’

‘यो प्रतिगमन बिरोधी गठबन्धन हो । प्रतिगमनलाई पराजित गरेर देशमा स्थिरता कायम नगरीकन विकास र समृद्धिले गति नलिने भयो । यो आधारमा हामीले जनतालाई कन्भिन्स गर्छौं र भोट हाल्न आह्वान गर्छौं । गठबन्धन भएको ठाउँमा नै अहिले हाम्रो उम्मेदवार हो । गठबन्धनका उम्मेदवार जहाँ–जहाँ, जो–जो छन् ति अर्को र हाम्रा भन्ने कुरा भएन । त्यो हाम्रो हो । समानुपातिकमा आ–आफ्ना पार्टीका मत माग्ने कुरा छँदैछ । त्यसमा हामी आ–आफ्नो चुनाव चिन्हमा हाल्नुहोस् भनेर भन्छौँ । गठबन्धनमा जहाँ–जहाँ उम्मेदवार परेका छन् । त्यो हाम्रै उम्मेदवार भनेर बुझ्नुपर्छ हामीले ।’

माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनावचिन्हमा मतदान गर्नु बाध्यता भएको बताउनु हुन्छ । उहाँले गठबन्धका उम्मेदवारहरु देशको आवश्यकताले उठाइएको भन्दै एकअर्कालाई मतदान गर्नु
पर्ने बताउनु भयो । चाहना नभएपनि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यकता र बाध्यता भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘पार्टीको सिद्धान्त आ–आफ्नो ठाउँमा छ । राष्ट्रिय रक्षा, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाको निम्ति गठबन्धन गरेको कारणले गर्दाखेरी गठबन्धनका साझा उम्मेदवारहरु उठाइएको छ । ती गठबन्धनका साझा उम्मेदवारहरु अहिलेको आवश्यकता अनुसार एक अर्कालाई मतदान गर्नुपर्ने छ । यो अहिलेको आवश्यकता हो । खुशी नहुँदा नहुँदै पनि, चाहना नहुँदा नहुँदै पनि वर्तमान परिस्थिति र समयलाई ध्यानमा राखेर यो अवस्थामा जान बाध्यता हो । गठबन्धनको आवश्यकता र बाध्यता हो भनेर हामीले बुझेका छौँ ।’

उहाँले इमान्दार कार्यकर्ताहरुले गठबन्धनको जुन उम्मेदवार छ उसैलाई भोट हाल्ने उल्लेख गर्नुभयो । उहाँले व्यक्तिगत स्वार्थका लागि लाग्ने असन्तुष्ट मानिसहरुको भोट भने तलमाथि हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।