४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भिटामिन ए: घरआगनमा पाइने अपहेलित, औषधिमा जोडबल !

भिटामिन ए: घरआगनमा पाइने अपहेलित, औषधिमा जोडबल !
अ+ अ-

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै गर्दा भिटामिन ए पाइने यस्ता वस्तु अपहेलित भएका छन् ।

भिटामिन ए ख्वाउदा कसैले पनि घरआगन मा पाइने हरियो वस्तुमा यो पाइन्छ भनेर छलफल किन नगरेको होला । नजिक को तिर्थ हेला भनेको यही हो ?

लट्टे

गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिंदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मनपराएर खानेहरू प्रशस्तै छन्।

नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’ । मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्।

लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि यसमा छन् । कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ । अर्थात् शिशु, महिला, गर्भवती सबैको लागि अति उपयोगी छ ।

लट्टेका दाना र पातको मुख्य विशेषता भनेकै यो जेसँग मिसाएर पकाउँदा पनि हुन्छ । यसको दाना चामल, फापर वा गहुँको पीठो आदिसँग मिसाएर उपयोग गर्न सकिन्छ । खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।

करी पत्ता

तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन।

करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।

गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।

यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।

करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई तन्दुरुस्त बनाउन सघाउँछ।

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् ।
यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ ।

यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।

झुसे ‘सिस्नो’

सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ। भिटामिन ए पाइने कुरा किन छलफल नभाको होला ? खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्।

धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।