२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी संस्कृतिले नेपाली बाजा मादल संकटमा(भिडीयोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् । विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे ।

विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताउनु भयो । उहाँले विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको बताउनु भयो । उहाँले मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको बताउनु भयो ।

कुरुले नेपाली मादललाई अन्तराष्ट्रिय बजारमा पु¥याउनसके मादल व्यवसायकोसमेत संरक्षण हुनसक्ने बताउनु भयो । उहाँले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गर्नुभयो । उहाँले सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्ने गरेको बताउनु भयो । कुरुकाअनुसार मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मादल मुख्य गरेर तिहारमा बढी व्यापार हुने गर्छ तर विगतका वर्षहरुमा जस्तो पछिल्लो समय मादलको व्यापार घट्दै गएको छ । मादल नेपालीहरुले मात्रै प्रयोग गर्ने गर्छन् । यसलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन सक्नुपर्छ । मादलको संरक्षण गर्दै व्यवसायलाई निरन्तरताको लागि विद्यालयहरुमा मादल अनिवार्य गर्नुपर्छ । विद्यालयहरुमा नेपाली मौलिक बाजाहरुको कक्षा नै सञ्चालन गर्नुपर्छ ।

त्यसले व्यवसायलाई निरन्तरता र रोजगारी सिर्जना हुने थियो । त्यस्तै सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत दिनुपर्छ । नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्छ । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै हुन्छ । पछिल्लो समय मादलको व्यापार तिहारमासमेत हुन छाडेको छ । विगतको तुलनामा अहिले व्यापार नै छैन ।

त्यस्तै अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको बताउनु भयो । उहाँले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भएपनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको बताउनु भयो । उहाँले नेपाली मादलकोसमेत माग हुन छाडेको अवस्थामा भारतीय मादल नेपालमा बिक्री वितरण हुन थालेको बताउनु भयो । उहाँले सरकारले नेपाली मौलिक बाचा मादललाई संरक्षण गर्नेको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विशेष गरेर हिन्दुहरुको महान चाड तिहारमा देउसी,भैलो खेल्न चलन रहेको छ । त्यसको लागि मादल प्रयोग हुँदा बजारमा मादलको माग रहेको छ । त्यो बाहेक विभिन्न जातजातिहरुले मनाउने पर्वहरुमा पनि मादल माग हुन्छ । मादल नेपालमा नै उत्पादन हुने हो ।

पछिल्लो समय भारतबाट पनि मादल आउन थालेको छ तर गुणस्तरीय छैन । मादलको संरक्षण र उत्पादनको लागि नेपाली मौलिकतालाई बचाउँदा मादलको पनि संरक्षण हुन्छ । सरकारले नेपाली मौलिक वाचा मादललाई संरक्षण गर्ने भनेपनि मादलको लागि प्रयोग हुने काठ तथा छाला गैर कानूनी भन्ने गरिएको छ । त्यसलाई सरकारले रोक्न हुँदैन । काठ प्रयोग गर्दा वन ऐन लाग्छ भन्दै धम्काउने कामसमेत हुँदै आएको छ । त्यसैले सरकारले नेपाली मौलिक वाचाको संरक्षणमा ध्यान दिनुपर्छ । अहिले बजारमा मादल २ हजारदेखि ६ हजारसम्म पर्छ ।’

गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भएपनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ । अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ ।

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको छ ।