५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी संस्कृतिले नेपाली बाजा मादल संकटमा(भिडीयोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् । विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे ।

विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताउनु भयो । उहाँले विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको बताउनु भयो । उहाँले मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको बताउनु भयो ।

कुरुले नेपाली मादललाई अन्तराष्ट्रिय बजारमा पु¥याउनसके मादल व्यवसायकोसमेत संरक्षण हुनसक्ने बताउनु भयो । उहाँले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गर्नुभयो । उहाँले सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्ने गरेको बताउनु भयो । कुरुकाअनुसार मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मादल मुख्य गरेर तिहारमा बढी व्यापार हुने गर्छ तर विगतका वर्षहरुमा जस्तो पछिल्लो समय मादलको व्यापार घट्दै गएको छ । मादल नेपालीहरुले मात्रै प्रयोग गर्ने गर्छन् । यसलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन सक्नुपर्छ । मादलको संरक्षण गर्दै व्यवसायलाई निरन्तरताको लागि विद्यालयहरुमा मादल अनिवार्य गर्नुपर्छ । विद्यालयहरुमा नेपाली मौलिक बाजाहरुको कक्षा नै सञ्चालन गर्नुपर्छ ।

त्यसले व्यवसायलाई निरन्तरता र रोजगारी सिर्जना हुने थियो । त्यस्तै सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत दिनुपर्छ । नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्छ । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै हुन्छ । पछिल्लो समय मादलको व्यापार तिहारमासमेत हुन छाडेको छ । विगतको तुलनामा अहिले व्यापार नै छैन ।

त्यस्तै अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको बताउनु भयो । उहाँले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भएपनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको बताउनु भयो । उहाँले नेपाली मादलकोसमेत माग हुन छाडेको अवस्थामा भारतीय मादल नेपालमा बिक्री वितरण हुन थालेको बताउनु भयो । उहाँले सरकारले नेपाली मौलिक बाचा मादललाई संरक्षण गर्नेको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विशेष गरेर हिन्दुहरुको महान चाड तिहारमा देउसी,भैलो खेल्न चलन रहेको छ । त्यसको लागि मादल प्रयोग हुँदा बजारमा मादलको माग रहेको छ । त्यो बाहेक विभिन्न जातजातिहरुले मनाउने पर्वहरुमा पनि मादल माग हुन्छ । मादल नेपालमा नै उत्पादन हुने हो ।

पछिल्लो समय भारतबाट पनि मादल आउन थालेको छ तर गुणस्तरीय छैन । मादलको संरक्षण र उत्पादनको लागि नेपाली मौलिकतालाई बचाउँदा मादलको पनि संरक्षण हुन्छ । सरकारले नेपाली मौलिक वाचा मादललाई संरक्षण गर्ने भनेपनि मादलको लागि प्रयोग हुने काठ तथा छाला गैर कानूनी भन्ने गरिएको छ । त्यसलाई सरकारले रोक्न हुँदैन । काठ प्रयोग गर्दा वन ऐन लाग्छ भन्दै धम्काउने कामसमेत हुँदै आएको छ । त्यसैले सरकारले नेपाली मौलिक वाचाको संरक्षणमा ध्यान दिनुपर्छ । अहिले बजारमा मादल २ हजारदेखि ६ हजारसम्म पर्छ ।’

गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भएपनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ । अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ ।

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको छ ।