२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।

यसैगरी सशस्त्र प्रहरीबलको ९एपीएफ०ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्म कूल १२० पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ प्दक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ ।

सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ । यही असोज २८ देखि औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ । प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन् ।