१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मकवानपुर–२ मा काँग्रेस र माओवादी समेतको उम्मेदवार नभएकाले मै सबैको साझा उम्मेदवार हुँ’



अ+ अ-

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले सो क्षेत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्र समेतको उम्मेदवार नभएकाले आफू नै सबैको साझा उम्मेदवार भएको बताउनु भएको छ ।

नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संवोधन गर्दै उहाँले ठुला दलका उम्मेदवार नभएकाले आफू एमाले सहितका सबैजसो दलको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकाले त्यही अनुसार विजयी भएपछि पनि काम गर्ने बताउनुभयो ।

काँग्रेस र माओवादीले दुःखले निर्माण गरेको संगठनको छातिमा टेकेर अर्का उम्मेदवारले युवा उम्मेदवारमाथि बीस बमन गरिराखेको आरोप समेत उहाँले लगाउनुभयो ।

गठबन्धनको नाममा आएका उम्मेदवार काँग्रेस र माओवादिको काँध चढेर छातिमा फुलि थप्ने सोचमा आइरहेको उहाँको भनाई छ ।

‘मकवानपुर–२ प्रतिनिधि सभामा माओवादी र काँग्रेसको उम्मेदवार वहाहरुले उठाएका छैनन् म उनिहरुको समेत साझा उम्मेदवार हुँ । केहि दिन अघि मनहरिको कार्यक्रममा युवालाई जिताउन हुन्न भनेर खतिवडाले मकवानपुरे सबै युवा भावनाहरुको अपहेलना गरेका छन् ।’ उहाँले भन्नुभयो ‘एमालेले उम्मेदवार बनाएर प्रस्तुत गरेको यो युवाले जित्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता भौतिक पुर्वाधार निर्माणमा असाधारण विकास गरेर नमुना काम गरेर देखाउँछु ।’

उक्त कार्यक्रममा नेपाली कांग्रेस भीमफेदी गाउँपालिका उपाध्यक्ष रुद्र लामा एमाले प्रवेश गर्नु भएको छ । गत स्थानीय तहको निर्वाचनमा भीमफेदी वडा नंबर ६ बाट वडाध्यक्षका प्रत्यासी समेत रहनुभएका लामा नेकपा एमाले प्रवेश गर्नु भएको हो ।