५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पश्चिमका मतदाता भन्छन्ः विनोद चौधरीबाट पनि अपेक्षा छैन(भिडीयोसहित)



अ+ अ-

नवलपरासी । स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन् ।

अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिनुभएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाइ छ ।

स्थानीय वैदनाथ खरालले अहिलेसम्म कसैले कही नगरेकाले चौधरीले पनि गर्नुहोला भन्ने नलागेको प्रतिक्रिया दिनुभयो । न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाइदिए सहज हुने अपेक्षासमेत गर्नुभयो । उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको आवश्यक व्यवस्था २ दिनमा नै मिल्ने बताउनु भयो ।

खरालले भन्नुभयो, ‘अब उहाँले केही गर्नु होला भन्ने आशा त छैन । तर आशावादी भइ यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो । तर गर्नुहोला भन्ने आशा छैन है फेरि ढुक्कै । उहाँले चाहे २ दिनमा पनि बाटो बनाइदिन सक्नुहुन्छ । यसमा उहाँले चाहनु प-यो । अहिलेसम्म कसैले गरेका छैनन् । अब कसैले गर्लान् भन्ने आशा पनि छैन् ।’

केही स्थानीयहरु भने चौधरी आगामी निर्वाचनमा उठ्ने बारेमा भने आफूलाई चासो नरहेको बताउँछन् । स्थानीय दिननाथ कँडेलले उद्योगपतिलाई आफ्नो क्षेत्रमा नचिनेको भन्दै उहाँबाट आशा गर्ने ठाउँ नरहेको बताउनु भयो । जनतालाई खुशी राख्ने, गरिवलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नुहुन्छ कि हुन्न ? त्यो बुझेर मात्रै उहाँलाई मतदान गर्न सकिने उहाँको प्रतिक्रिया थियो । कँडेलले भन्नुभयो, ‘चिनिएको छैन, जानिएको छैन । चिनिन प¥यो । सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उहाँले के गर्नुहुन्छ ? अनि, हामी जनतालाई के भन्नु हुन्छ ? जनतालाई खुशी राख्न सक्नुहुन्छ कि हुन्न ? रोजगारी दिने, गरिव जनतालाई हेर्ने काम गर्न सक्नुहुन्छ कि हुन्न ? वास्तवमा हामीले उहाँलाई चिनेका पनि छैनौं ।’

नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो । उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पिच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणासमेत राखेका छन् ।

नेपाली काँग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तर, जनताले भने उहाँबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन् । विगतमा सांसद बनेकाहरुले विकासको लागि कुनै काम अघि नबढाएको भन्दै रुष्ट बनेका स्थानीयहरुले अब बन्ने सांसदले पनि जनतामुखी काम गर्छन् भन्नेमा विश्वस्त हुने आधार नरहेको बताए ।

उद्योगपति चौधरी एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका जनता प्रगतिशील पार्टीका नेता एवम पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौधरीबीचको चुनावी प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ ।