१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

गुमायौँ अनेकन चिनारीका प्रर्याय सत्यमोहन

गुमायौँ अनेकन चिनारीका प्रर्याय सत्यमोहन
अ अ+ अ-

काठमाडौँ । नेपालको भाषा, कला, संस्कृति एवं जातजातिका बारेमा राम्रो दख्खल राख्ने शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुककै अभिभावक गुमेको छ । कुनै विषयमा सोध्नु पर्यो वा जान्नु पर्यो भने धेरैले उहाँकै नाम लिन्थे ।

जुम्लाको कला संस्कृतिबारेमा पनि जोशी नै जानकार हुनुहुन्थ्यो । मारुनी, सोरठीदेखि लोकगीतका बारेमा पनि जोशीमा उत्तिकै ज्ञान थियो । ललितपुरको नेवार समुदायमा जन्मे पनि उहाँ स्पष्टसँग नेपाली भाषा बोल्नु हुन्थ्यो भने नेपालको इतिहासका बारेमा अब्बल ज्ञान थियो । नेपालको पहिलो नक्शा बनाउने ऐतिहासिक कामसमेत जोशीले नै सम्पन्न गर्नुभएको थियो ।

कवि लेखनाथ पौड्यालका शब्द ‘आयो टप्प टिप्यो, मिति पुग्यो टारेर टर्दैन त्यो’ मा भने जस्तै जोशी हामीबाट बिदा हुनुभयो । कर्णाली अञ्चलको भाषा संस्कृतिदेखि देउडासम्मका जानकार जोशीले राज्यको मूलप्रवाहभन्दा बाहिर रहेको क्षेत्र र तहलाई समेत काठमाडौँसँग जोड्नुभएको थियो ।

तीन पटक मदन पुरस्कार पाउनु भएका जोशीको जन्म विसं १९७७ वैशाख ३० गते पाटन दरबार क्षेत्र नजिकैको बखुम्बहालमा भएको थियो । संस्कृतिविद् जोशीले २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक पाउनुभएको थियो । एकै जनाले तीन तीन पटक मदन पुरस्कार पाउने मध्येका भाग्यमानी व्यक्तित्वमा रुपमा पनि उहाँ स्थापित हुनुहुन्थ्यो ।

उहाँका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।

पुरातत्व विभागका पहिलो निर्देशकको जिम्मेवारी समेत सम्हाल्नुभएका जोशीको सम्मानमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ‘सिक्कामा सत्यमोहन’ प्रकाशित गरेको छ । जोशीको तस्बीर अङ्कित सिक्काको एकातर्फ उहाँको तस्बिर र अर्कोतर्फ संसारकै सर्वोच्च शिखर सगरमाथाको चित्र रहेको छ ।

कुनै मानिस जीवीत हुँदा आफ्नो तस्बिर अङ्कित चाँदीको सिक्का प्रकाशन हुने थोरै मानिसमध्ये एक हुनुहुन्थ्यो जोशी । उहाँको सम्मानमा काठमाडौँ विश्वविद्यालयले मनार्थ विद्यावारिधी प्रदान गरेको थियो भने दर्जनौं सम्मान र पुरस्कारसमेत उहाँले प्राप्त गर्नुभएको थियो ।

कुनै एक चिनारीले मात्रै उहाँलाई चिनाउन सम्भव देखिँदैन । उहाँले आम नेपालीले नपाएका सम्मान, मान पदवी, नाम र विश्वास पनि उत्तिकै पाउनुभयो । शताब्दी पूरा गर्दासमेत एक दिन पनि विश्राम नलिनुभएका जोशीको एक सय दुई वर्षको उमेरमा आत्मकथा प्रकाशन भएको थियो । सो कार्यक्रममा उहाँ आफै उपस्थित हुनुहुन्थ्यो ।

पत्रकार तथा लेखक गिरिश गिरीले जोशीको आत्मकथा लेख्नुभएको छ । केही न केही सिर्जनात्मक र रचनात्मक काम गरिरहन रुचाउने जोशीको दीर्घ जीवनको पछाडि निरन्तरको सक्रियता र सकारात्मक सोच नै रहेको उहाँलाई नजिकबाट चिन्नेजान्नेहरू बताउँछन् । नेपाली मुद्राको बारेमा जानकारी दिने उद्देश्यका साथ प्रकाशित उहाँको पुस्तक ‘नेपाली मुद्रा’ पनि उत्तिकै महत्वपूर्ण छ ।

राष्ट्रिय समाचार समिति(रासस) को सञ्चालक समिति सदस्यका रुपमा आफ्नो जिम्मेवारी निभाउनु भएका जोशी नेपालको सबै जसो राजनीतिक व्यवस्थाका प्रत्यक्षदर्शी हुनुहुन्थ्यो । व्यवस्था बदलियो, राजनीतिक संस्कार र चिन्तन बदलिए पनि उहाँ सधैँ साझा व्यक्तित्वका रुपमा अझ भनौं राष्ट्रिय अभिभावकका रुपमा स्थापित हुनुहुन्थ्यो । त्यो गर्विलो इतिहास नेपाली समाजबाट ढलेको छ ।

नेपालको कला, भाषा, संस्कृति आदिका बारेमा जिज्ञासु भएर खोजी गर्ने, त्यसलाई लिपीबद्ध गर्ने र आमरुपमा प्रकाशन गरेर जानकारी गराउने भएकाले उहाँको नामका अगाडि सम्मानपूर्वक संस्कृतिविदको विशेषण लागेको हो ।

जोशीको जीवनमा जुरेली चरिको गहिरो प्रभाव परेको थियो । उहाँ आफैँले पनि लेख्नुभएको थियो, “मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ । त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार । चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने ।” नेपाली समाजलाई कलाकार अरनिकोको बारेमा जानकारी दिने व्यक्तित्वसमेत जोशी नै हुनुहुन्थ्यो भने राजा मानदेवका बारेमा बताउने पनि उहाँ नै भएको जानकारहरू बताउँछन् ।

दश वर्षको उमेरसम्म नेपाली भाषा समेत राम्ररी बोल्न नजान्ने जोशी आफँैले भने नेपाली भाषाको खोज तथा अनुसन्धानमा आफ्नो जीवन बिताउनुभएको छ । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा जीवन पर्यन्त लागि परेका हुनाले उहाँ साझा व्यक्तित्वका रुपमा मात्रै स्थापित हुनुभएन, मान सम्मान उहाँलाई खोज्दै आएको जानकारहरूको भनाइ छ ।

जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, पद्यमश्री साधना सम्मान, नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । यस्तै, सरकारले जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरिसकेको छ । उहाँका अनुसन्धानात्मक कृति नेपालीमा १० वटा, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भएका छन् । जोशीको सम्मानमा चित्राङ्कित हुलाक टिकट पनि प्रकाशन गरिएको छ ।

उहाँको निधनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेता एवं सर्वसधारणले व्यक्त गरेको प्रतिक्रियाका आधारमा पनि जोशी साझा राष्ट्रिय व्यक्तित्वका रुपमा स्थापित हुनुहुन्थ्यो भन्ने स्पष्ट भएको छ ।

शङ्करराज जोशी र राजकुमारी देवीका सुपुत्र जोशीको जीवन साथी भने राधादेवी हुनुहुन्छ भने एक छोरा र तीन छोरी हुनुहुन्छ । नेपालको कला संस्कृतिको संरक्षणमा सधै राज्य र तिनका निकायलाई घच्घच्याइरहने स्वभावका जोशीले नेपाल र नेपाली समाजका लागि लगाउनु भएको गुन चीरपर्यन्तसम्म कायमै रहनेछ । भौतिक रुपमा उहाँले अन्तिम श्वास लिनु भए पनि उहाँको अन्तिम इच्छाको रुपमा रहेको ‘चक्रसंवर पौभाचित्र’ को अभिलेखन कार्य जारी छ । त्यसको काम समेत अन्तिम चरणमा पुगेको छ ।