१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

गैर सरकारी संस्थालाई निर्वाचनसम्बन्धि कार्यक्रम दिन बजेट छैनः दिनेशकुमार थपलिया(भिडीयोसहित)

गैर सरकारी संस्थालाई निर्वाचनसम्बन्धि कार्यक्रम दिन बजेट छैनः दिनेशकुमार थपलिया(भिडीयोसहित)
file
अ अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैर सरकारी संस्थाहरुलाई निर्वाचनसम्बन्धि कार्यक्रम दिन बजेटनै नभएको बताउनु भएको छ ।

निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैरसरकारी संस्थाहरुले माग गरिहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रष्टिकरण दिनु भएको हो । उहाँले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सचेत बनाउने र सुचित बनाउने काममा भने सहयोग गर्न सबै गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नु भयो । तर निर्वाचन कार्यक्रममा लागि भने बजेट नभएकाले ती संस्थाहरुलाई सहभागी गराउन सकिने अवस्था नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो ।

उहाँले आफैंले चिनेका ५० औं गैरसरकारी संस्थाहरुले निर्वाचन कार्यक्रम मागीरहेको दृष्टान्त पेश गर्दै उनीहरुलाई पनि दिन नसकिने कुरा आफूले भनेर फिर्ता पठाएको स्पष्ट पार्नु भयो । सूचनाको हकको लागि राष्ट्रिय महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, सामूदायिक वन उपभोक्ता महासंघ, दलित गैरसरकारी संस्था महासंघ, नेपाली उपभोक्ता संरक्षण महासंघका पदाधिकारीहरुसँग आईतबार आयोगको कार्यालयमा भएको सामूहिक भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विनाशीर्षक कुनै पनि बजेट खर्च गर्न नपाउने कानुनी व्यवस्था नै रहेको स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘म आफैंले चिनको ५० औं गैर सरकारी संस्थाहरु छन् निर्वाचन सम्बन्धि कार्यक्रम माग्ने । निकटमा मित्रहरुले नै मागीरहेका छन् । म आफंै आवद्ध रहेको भूतपूर्व कर्मचारी संगठनले नै मागेका छन् । तर मैले निर्वाचन प्रचारको काम गर्नुस् । फटाफट गर्दा हुन्छ । तपाईँ हिँड्दा लौं भोट हाल्नुस भन्दा के को पैसा लाग्छ ? यति त सहयोग गर्नुस् भनेको छु । यो शीर्षकका लागि आयोगसँग शुन्य दशमलव शुन्य, शुन्य पैसा छ । अन्य विषयमा भने साझेदारी गरेर जान सकिन्छ गैर सरकारी संस्थाहरुसँग ।’

भेटमा सो गैरसरकारी संस्थाका प्रतिनिधिहरुले भने मतदाता शिक्षाका लागि सही संयन्त्रको प्रयोगमा चुकिरहेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका थिए । मतदाता शिक्षाका लागि ठोस कार्यक्रम बनाउन सही संयन्त्रको प्रयोग गर्न नसकेकोतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष भावना भट्टले बताउनु भयो ।