२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगमनको खतरा अझै रहेकाले गठबन्धनमा आवद्ध दलहरु मिल्नुको विकल्प छैनः प्रधानमन्त्री(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको बताउनु भयो । उहाँले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताउनु भयो । प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताउनु यभो । उहाँले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जो अहिलेको गठबन्धन बनेको छ, यो लण्डन गएको लोकतन्त्र, प्रजातन्त्र छ । त्यसलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले अहिले सबै पार्टीहरु एक हुन जरुरी छ । त्यसैले आज गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । दोस्रो कुरा अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ । त्यो संविधानमा सबै नेपालीहरु अटाउने ठाउँ छ ।

साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ । यो एउटा संस्कृतिको विकास भएको छ । मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने । त्यो मौका आएको छ । यो हाम्रो लागि ठूलो मौका हो । र चुनौती पनि हो । त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ ।’

उहाँले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरु आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।