२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले निर्वाचनको सघन तयारीको अवस्थामा: आयुक्त थपलिया



अ+ अ-

मनाङ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अहिले निर्वाचनको सघन तयारीको अवस्थामा रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनद्वारा हिजाे पोखरामा आयोजित जिल्ला संवाददाताका लागि निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको उद्घाटन गर्नुहुँदै थपलियाले सो बताउनुभएको हो ।

“उम्मेदवारी स्पष्ट भइसकेकाले सञ्चारकर्मीका लागि निर्वाचनको अत्यन्तै महत्वपूर्ण, अत्यन्तै जटिल र सघन तयारी गरी मङ्सिर ४ गतेलाई सफल बनाउनु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो । निर्वाचनलाई सफल र सञ्चार र सरकारको सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ ।

यो निर्वाचन निर्वाचन मात्रै नभएर लोकतन्त्रको संरक्षणका लागि भएको थपलियाले बताउनुभयो । संवैधानिक आयोग भएकाले त्यसका अतिरिक्त निर्वाचनको वातावरण र मिति तय गर्ने सञ्चारकर्मीले भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

“बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक प्रणालीलाई स्थापित गरेकोले यहाँ दलहरुको भूमिका रहेको छ । राजनीतिक दलको प्रतिनिबद्धता, सहभागिता, चाहना र क्रियाशीलताले निर्वाचनप्रति कुनै पनि अवरोध गर्न सक्ने मानसिकता नरहेको उहाँले स्पष्ट पार्नुभयो । यसले निर्वाचनको सुरक्षाको काम गरेको उहाँको भनाई थियो ।

नागरिक समाज सबैभन्दा माथि आमसञ्चार क्षेत्रको अग्रसरताले निर्वाचन पुरा गर्ने अवसर पाएको उहाँले बताउनुभयो । “हामी कुनै उम्मेदवारले जित्ने, हार्ने हुने प्रक्रियाको सुरुआत भएको र हरेक नागरिकलाई नेतृत्व छान्ने अवसरका लागि अधिकार प्रयोग पाएका छन्,” थपलियाले भन्नुभयो ।

पत्रकारिताको मूल्य, मान्यतालाई ख्याल गरी सञ्चारकर्म गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल टेलिभिजनसँग सम्बद्ध पत्रकार राजनीतिक दलमा आवद्ध भएको नभएको वाच डकको रुपमा निर्वाचनले अनुगमन गर्ने उहाँको भनाई छ । सबैलाई समान राखेर काम गर्न उहाँको सुझाव छ । सरकारी सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई आयोगले स्पष्टीकरण सोध्ने अवस्था सिर्जना नगर्न उहाँले बताउनुभयो ।

नवीन लामिछाने / रासस