७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी हुँदैछ जोशीको अन्तिम बिदाई(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ ।

आईतवार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको हो ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उहाँलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो ।

जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएपनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । श्रद्धाञ्जली दिनका लागि ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको शवलाई अस्पतालको शैय्यामा नै राखिने र १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम हुने तालिका रहेको लतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनु भयो ।

 

उहाँले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लाग राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ । त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको शवलाई अस्पतालमा राख्छौँ । १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम सक्नुहुनेछ । १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लाग राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा १२ः३० ललितपुर महानगरपालिकामा राखिनेछ । ४ बजेदेखि ४ः३० सम्म पुनः किस्ट अस्पतालमा लगिनेछ र हस्तान्तरण गरिनेछ ।’

उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु जाने कार्यक्रम छ ।