५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका किसानलाई धान काट्न चटारो



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पुर्याएकामा उहाँ निकै चिन्तित हुनुहुन्छ ।

“लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उहाँले भन्नुभयो, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”

धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उहाँले बताउनुभयो । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताउनुभयो ।

“धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ”, उहाँले भन्नुभयो ।

“किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्”, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भन्नुभयो, “ काम गर्नेलाई मात्रै मत हाल्छौँ ।”

प्रतिनिधिसभा र प्रदेशसभामा पुगेर दरोरुपमा किसानका मुद्दा उठान गरी नीति बनाउन हैशियत राख्ने उम्मेदवारले मत पाउने उहाँको भनाइ छ । “विगतका चुनावमा किसानका मुद्दालाई निकै उठाइयो, राजनीतिक दलले चुनावी प्रतिबद्धतापत्रमा पनि ती कुरा उल्लेख गरे, काम गरेनन्”, करन धामीले भन्नुभयो, “यसपटक पार्टीलाई हेर्दैनौँ, काम गर्ने उम्मेदवारलाई हेर्छांै ।”

“कृषिउपज बजारसम्म पु¥याउनका लागि गतिलो सडक नै छैन, विगतका चुनावमा मत माग्न आउने उम्मेदवारलाई समक्ष यस कुरालाई निकै जोडतोडका साथ उठाएका हौँ”, बेलौरीका किसान अशोक चौधरीले भन्नुभयो, “स्तरोन्नतिसमेत हुन सकेको छैन, सडक कालोपत्र गर्ने, उत्पादित कृषिजन्य वस्तुको बजार प्रवद्र्धनका लागि व्यवस्था गर्ने, कोल्डस्टोर स्थापना गर्नेलाई मत हाल्छौँ ।” उत्पादित कृषिजन्य वस्तुको बजार नपाउँदा निकै सस्तोमा बेच्नुपर्ने भएकाले सहजरुपमा किसानले मूल्य पाउनेगरी बजारको व्यवस्थाको माग गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकासनसँगै चुनाव चिन्ह पाएपछि उम्मेदवार चुनावी प्रचारमा जुटेका छन् । उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि रणनीति तयार गर्ने, पार्टी कार्यकर्तासँग छलफल गर्ने कार्य पूरा गरेका छन् । प्रचारप्रसारका लागि मतदाताको घरदैलोमा पुग्नेक्रम सुरु भएको छ । जिल्लाका किसानले उम्मेदवारको प्रतिबद्धतापत्र मात्रै नहेरेर कार्य गर्ने हैशियत राख्ने उम्मेदवारलाई मत हाल्ने मनसाय जाहेर गरेका छन् ।




भर्खरै