५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविताले जन्माइन् तिम्ल्याहा बच्चा



अ+ अ-

पर्सा । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको हो ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिनुभयो । उहाँले शल्यक्रियामार्फत बच्चा जन्माउनुभएको हो । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गर्नुभएको हो । रासस