९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास
अ अ+ अ-

टीकापुर । कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो । वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे । घर सफा गर्न थाल्दा सर्प निस्कियो ।

“घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो”, श्यामले भन्नुभयो, “श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ ।”

घरभित्रै सर्प निस्किएपछि उहाँहरुले राम्ररी सरसफाइ गर्न सक्नुभएको छैन । बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ । “असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्नथाल्यो”, श्यामले भन्नुभयो, “जीवन अस्तव्यस्त भएको छ । बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ । त्रासैत्रासमा घर सफा गर्न थालेका छौँ । अब जस्तो भए पनि घरमै बस्छौँ ।”

टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उहाँको घरमा पनि सर्प देखियो । “घर वरिपरि पानी बगिरहेको छ । घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो । घरभित्र झारपात, हिलो र बालुवा मात्र छ”, धनाले भन्नुभयो, “सारा फोहोर घरभित्र र बस्तीमा आएको छ । जताततै गन्हाएको छ । सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन् ।”

प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ । टीकापुर ७ का अनु धामीको घरभित्र दुई किसिमका सर्प देखिए । “बाहिर जलमग्न भएपछि हाम्रो घरभित्र सर्प देखिए, माटोको घर हिलाम्मे भएका छन् । त्यसैमाथि किरा फट्याङ्ग्राको पनि त्रास बढेको छ”, उहाँले भन्नुभयो, “मौसमअनुसार वर्षा सकिने समय भएको छ तर यहाँ साउन, भदौजस्तै बस्ती जलमग्न छन् । लामखुट्टे पनि उस्तै छन् ।”

बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ । भजनीकी धनादेवी विक बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गर्नुहुन्छ ।

“बस्तीमै स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्छ । यसका साथै हामीलाई घर सरसफाइका लागि हातमा लगाउने पञ्जा, खुट्टामा लगाउने बुटजस्ता सामान सहयोग भएको भए सहज हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “बाढीले फोहोर थुप्रिएका घर सफा गर्न निकै कठिन छ । कतिपयका घरमा पुरुष छैनन्, महिला, बालबालिकामात्र छन्, उनीहरुले कसरी सफा गर्नु रु”

लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन् । घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ । जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्दछ । यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाह बताउनुहुन्छ ।

“झुल लगाएर सुत्ने गर्नुपर्छ । पानीले दुलो भरिएर सर्प बाहिर आउने भएकाले घरभित्र सुरक्षित ठाउँ खोज्न पस्छन्, यस्तो बेला सर्पदंशका घटना हुनसक्छन्”, डाक्टर शाहले भन्नुभयो, “अस्पतालमा पानी पर्ने समयमा सर्पदंशका बिरामी आउँछन् । यसपटकको वर्षापछि तीन जना सर्पदंशका बिरामी आएका थिए ।”

सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उहाँ सल्लाह दिनुहुन्छ । “घर भिजेकाले सर्प घरको धुरीवामाथि सुरक्षित ठाउँमा हुनसक्छन्”, उहाँ भन्नुहुन्छ, “अनिवार्य झुल लगाएर सुत्ने, आफ्नो स्वास्थ्यको आफैँले ख्याल गर्ने गर्नुपर्छ ।” रासस