९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

पञ्चेबाजा बाजा संरक्षणमा जुटे रामपुरका युवा

पञ्चेबाजा बाजा संरक्षणमा जुटे रामपुरका युवा
अ अ+ अ-

पाल्पा । गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आबद्ध युवा सक्रियरूपमा लागेका हुन् ।

गाउँदेखि सहरबजारसम्म विवाह, व्रतबन्ध, शुभकार्यदेखि भोजभतेरमा विदेशी बाजा, डेकलगायतका संस्कृति भित्रिँदा पुराना परम्परागत कला, संस्कृति हराउँदै जान थालेपछि यहाँका युवाले आफै बाद्यवादनका सामग्री व्यवस्थापन गरी संरक्षणमा जुटेका हुन् । पहिला चलनचल्तीमा रहेका परम्परागत बाजा अहिले गाउँघरमा हराउँदै जान थालेपछि समूह स्थापना गरी सामूहिकरूपमा बाजा बजाउने कार्यमा लागेको बताउनुहुन्छ, तालपोखरा युवा समूहका अध्यक्ष हरि थापा । मौलिक संस्कृति बोकेको बाजा हराउन थालेको अवस्थामा कला र संस्कृतिको संरक्षणमा युवा मिलेर निरन्तर लागियो भने समाजबाट लोप नहुने उहाँको भनाइ छ ।

“पुरानो बाजा हिजोआज गाउँमा बज्न छाडेका छन्, जुन हिजो बज्ने गरेका ती बाजाले समाजको कला, संस्कृतिको महत्व ठूलो राख्दथ्यो”, उहाँले भन्नुभयो, “हिजोआज भने महत्व नबुझ्दा समाजबाटै लोप हुन पुगेका पञ्चेबाजा बाजा संरक्षण अभियानमा जुटेका छौँ ।” नयाँ पुस्तालाई पनि बाजा बजाउने सीप सिकाउन फुर्सदको समय साथमै लिएर बाद्यवादनमा सहभागी गराउने गरेको उहाँको भनाइ छ । समूहमा १५ जनाको सहभागिता छ । पालैपालो विभिन्न थरिका बाजा बजाउने र नयाँ पुस्तालाई पनि सीप सिकाउने लक्ष्यका साथ यस अभियानमा युवा सक्रियतापूर्वक लागेका छन् । पहिले झुर्मा, मादल, दमाहा, सहनाई बज्न थालेपछि उल्लासमय हुने गरेको गाउँमा हिजोआज यी बाद्यवादन बज्दा नयाँ पुस्ता आश्चर्य मान्दै हेर्ने गरेको ५५ वर्षीय यमबहादुर सिंजालीको अनुभव छ ।

“नयाँ पुस्तालाई पञ्चेबाजा बाजाको महत्वबारे जानकारी छैन, विभिन्न कार्यक्रममा बाजा बजाउन पुग्दा अनौठो मानेर हेर्ने गर्छन्, कमसेकम हामीले यसरी निरन्तर गाउँ, टोलमा हुने साना–ठूला सबैजसो कार्यक्रममा नियमितरूपमा बाजा बजाउन थालियो भने नयाँ पुस्ताले केही कुरा सिक्नेछन्”, उहाँले भन्नुभयो । उहाँ झुर्मा, दमाहा बजाउने कार्यमा निकै सिपालु हुनुहुन्छ । पञ्चेबाजा बाजा परियार समुदायको प्रचलित संस्कृति भए पनि यसको संरक्षणमा गाउँका भिन्न समुदायका व्यक्ति मिलेर बाद्यवादनमा जुट्ने गरेको युवा शिसम थापा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “युवाले बाजा बजाउने काम छाडिसकेका छन्, यसलाई जोगाउन हामी लागेका छौँ, यस कार्यमा सबैले साथ र सहयोग गनुपर्छ, कला, संस्कृति समाजको गहना भएर पनि यसको महत्व कायम राख्न नसक्दा लोपोन्मुख अवस्थामा रहेको छ ।”

पहिला गाउँघरमा हुने विवाह, व्रतबन्ध, पूजाआजा, पञ्चबलिजस्ता विभिन्न शुभकार्यमा पञ्चेबाजा अनिवार्यजसो बजाइन्थ्यो । पछिल्ला वर्षमा बाजा बजाउने व्यक्तिको अभाव, बाद्यवादनमा चासो कम हुनु, बढ्दो सूचना–सञ्चारको विकासले मौलिक संस्कृति हिजोआज गाउँमा कमै देख्न पाइन्छ । हुन त अहिले विवाहमा संस्कृति जोगाउनभन्दा पनि मनोरञ्जन, सामाजिक सञ्जालमा राख्नका लागि बाजा बजाउने गरेको पनि यदाकदा पाइन्छ । तर पहिलेजसो पुरानो मौलिक परम्परा धान्न नभई क्षणिक रमाइलोका लागि बाजाको तालमा रमाउने युवायुवती भने बढ्दैछ ।

विद्यालय बिदाको समयमा बाद्यवादनमा सहभागी हुने गरेको १६ वर्षीय आशिष परियारले बताउनुभयो । हाल कक्षा १० मा अध्ययनरत उहाँ घरमा हजुरबुवाबाट सीप सिकेर गाउँका विभिन्न कार्यक्रममा बाजा बजाउन पुग्ने गर्नुहुन्छ । बालकदेखि युवा, ज्येष्ठ नागरिक यस समूहमा आबद्ध भएर बाद्यवादनमा लागेका छन् । समूहका आबद्ध युवाले आफैँ मादल, ट्याङको, झुर्मा, दमाहा, नरसिं, बिकुल, सहनाइलगायतका विभिन्न थरिका बाजा व्यवस्था गरेका छन् । बाद्यवादनका सामग्री खरिद पनि आफैँ गर्नुपर्दा समस्या परेको युवाको भनाइ छ । स्थानीय सरकारसँग बाद्यवादन सामग्री बन्दोबस्त गरिदिन युवाको माग छ ।

परम्परादेखि गाउँघरमा हुने विभिन्न चाडपर्व, विवाह तथा अन्य कार्यक्रममा पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभाव रहेको देखिन्छ । परियार समुदायका युवापुस्ताले मात्रै पञ्चेबाजाको संरक्षण गर्न सम्भव नभएकाले अन्य समुदायका युवापुस्ताले पनि अवलम्बन गर्नुपर्ने बताउँदै विभिन्न समुदायका युवा यस अभियानमा सकारात्मक सन्देश दिँदै निस्केका छन् ।