२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको शंकर पोखरेलको आरोप



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले सत्ता गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको आरोप लगाउनुभएको छ ।

बुधबार महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै एमालेको टिकट छाडेर साहले गरेको स्वतन्त्र उम्मेदवारी दिन अराजनीतिक षडुयन्त्रको नमूना हो भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।”

महासचिव पोखरेलका अनुसार पार्टीलाई धोका दिएर अन्तिम समयमा साहले स्वतन्त्र उम्मेदवारी दिँदै अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिएर समय गुजार्ने षड्यन्त्र गरेका थिए ।

“राजनीतिमा यस प्रकारको षड्यन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो”, उहाँले भन्नुभएको छ, “रौतहटका जनताले यस षड्यन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा ९एमाले० र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्णरुपमा सफल बनाऔँ ।”

साहले एमालेले जसपासँग गठबन्धन गरेर गलत गरेको बताएका थिए । गलत निर्णयविरूद्ध आफ्नो समूहले जसपाले उम्मेदवारी दिएका ठाउँहरूमा स्वतन्त्र उम्मेदवारी दिएको समेत बताए।

साहले जसपासँगको तालमेलपछि आफूसहित मधेसमा ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।