९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बागलुङका दुई विद्युत् आयोजना अवरुद्ध

बागलुङका दुई विद्युत् आयोजना अवरुद्ध
अ अ+ अ-

ढोरपाटन । पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको हो ।

निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी बसेर अवरुद्ध बनेको स्थानीय मनबहादुर घर्ती मगरले जानकारी दिनुभयो । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भने नहर भत्किएपछि अवरुद्ध भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँले वर्षाको कारण विद्युत् सञ्चालनमा ल्याउन समस्या भएको बताउनुभयो । पहिराले नहर जोखिममा पर्दा बित्तिकै बनाउन सुरु गरे पनि अझै पाँच दिन विद्युत् सञ्चालन गर्न नसकिने बताउनुभयो ।

“पहिराले नहर बगाउन थालेदेखि नै काम सुरु गरेका हौँ, तर वर्षाले गर्दा काम गर्न दिएन, तै पनि विद्युत् छिटो सञ्चालनमा ल्याउनका लागि कामदारहरु खटाइराखेका छौँ”, उहाँले भन्नुभयो, “विद्युत् सञ्चालनमा आउन अझै पाँच दिन लाग्न सक्छ, कुना पट्टिबाट नयाँ नहर बनाउनुपर्ने भएको छ, त्यसले गर्दा केही दिन ढिला हुने देखिन्छ ।”

दुईवटा विद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका दर्जनौँ साना तथा घरेलु उद्योगहरु ठप्प भएका छन् । विद्युत् अवरुद्ध भएपछि दसैँसमेत खल्लो भएको स्थानीयको भनाइ छ । निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको भने विद्युत् गृहभित्र बाढीसहित पसेको लेदो सफा गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करिब १० हजार नागरिक अन्धकारमा बस्न बाध्य भएको व्यवस्थापक चालिसेले जानकारी दिनुभयो ।