५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले महाकाली राजमार्ग अवरुद्ध



फाईल फोटो
अ+ अ-

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ ।

सुदूरपश्चिमको जनजीवन प्रभावित

लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको हो । वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन् ।

यस्तै, दैनिक कामकाज ठप्प भएको छ । दैनिक ज्याला मजदुरी गर्ने, यात्रुहरू तथा किसानलाई दैनिक कामकाज गर्न पनि कठिनाइ भएको छ । वर्षाले किसानले काटेको धानबाली र खरमा पनि क्षति पुगेको छ । पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजीत विष्टले गुनासो गर्नुभयो ।

खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताउनुभयो । केही ठाउँमा काटेको खर कुहिन थालेको र पछि कुनै ठाउँका किसानले खर काट्न नपाउँदा किसान चिन्तित भएका छन् ।

यस्तै ग्रामीण सडक पानीले हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ भने राजमार्गमा पनि वर्षाले सवारी सञ्चालनमा समस्या भएको चालकहरूले बताएका छन् । यस्तै पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो । अझै दुई–तीन दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागहमा वर्षा भइरहेको छ । अझै केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको । निरन्तर वर्षा भइरहेकाले बाढी र पहिराको सम्भावना हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।