९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा
अ अ+ अ-

देउखुरी । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ ।

तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा तीन हजार पाँच सय ३५ घर डुबानमा परेका छन् भने ५८ घर भत्किएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ । घर डुबानमा परेपछि विस्थापित डुङ्गाको प्रयोग गरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सबैभन्दा बढी देउखुरी क्षेत्रमा क्षति भएको छ । लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित बनेका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका अधिकांश वडा बाढीका कारण प्रभावित छन् ।

करिब एक सय जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सक्रियतामा बाढीमा फसेकालाई उद्धार गरिएको छ । देउखुरी क्षेत्रमा बाढीले धान खेती नष्ट गरेको छ । पाकेर पाटेको धान र पाकेर काट्न ठिक्क पारेको धान डुबानमा परेको छ । लमही नगरपालिकामा एक हजार चार सय ६१ घर डुबानमा परेका छन् । ४३ पूर्णरूपमा भत्किएका छन् । यस्तै राजपुर गाउँपालिका दुई सय २१ घर डुबानमा परेका छन् । १५ घर पूर्णरूपमा भत्किएका छन् ।

राप्ती गाउँपालिकामा ६ सय १० घर डुबानमा परेका छन् । ६५ घर पूर्णरूपमा भत्किएका छन् । गढवा गाउँपालिकामा ६ सय ६० घर डुबानमा परेका छन् । ८० घर भत्किएका छन् । पूर्व पश्चिम राजमार्गमा झरेको पहिरो हटाउने प्रयास जारी छ । बिहानदेखि झरेको पहिरो हटाउन काम भइरहेको र कालाकाटेमा झरेको पहिरो हटाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । घोराही–३ मसोटखोलामा पहिरो जाँदा लमही–घोराही सडक खण्ड अवरुद्ध छ । पहिरो हटाउने प्रयास भइरहेको छ । यस्तै लमहीबाट घोराही लगिएको १३२ केभीको हाइटेन्सन लाइनको पोल ढलेको छ । “घोराही क्षेत्रमा बिजुली छैन । पहिरो पन्छाएर सडक खोल्ने काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक गौतमले भन्नुभयो ।