२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर



file
अ+ अ-

ढोरपाटन । निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ ।

निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ । पहिराले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिका समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीसमेत पहिराको जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।

“पहिरोले बालविकास केन्द्र र शौचालय बगाएको छ, त्यो जोखिम ठाउँमा पनि थिएन, लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिराले बगाएको छ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अब कक्षा सुरु हुने बेला भयो, बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो, पालिकामा पनि कुरा राख्छौँ ।”

उहाँका अनुसार पहिराले लालबहादुरको घर गोठ पुरिँदा रु १५ लाख भन्दाबढीको धनमाल क्षति भएको छ । पहिराले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चार गोरु, एउटा भैँसी, एउटा राँगो र छ वटा बाख्रासमेत पुरिएको अध्यक्ष बुढामगरको भनाइ थियो । पहिरो पीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताउनुभयो । पहिरो आउने बेला आफूहरु बाहिर काम गरिरहेको हुँदा ज्यान बचाउन सफल भएको उहाँको भनाइ थियो । “पहिराले मेरो सबै धन सम्पत्ति बगायो, लत्ताकपडा, पशुचौपाय केही छैनन् सबै पु¥यो, अहिले त आफन्तकोमा बसेका छौँ”, लालबहादुरले भन्नुभयो, “हामीमाथि त दैव लाग्यो, अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला ।”

वर्षाले ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनाएको छ । यी सडक खुलाउन अझै केही दिनलाग्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।