९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य
अ अ+ अ-

कञ्चनपुर । दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पैँयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ ।

सखिया नृत्यमा पहिलेको तुलनामा परिवर्तन भएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु अगुवा बसन्त चौधरीले बताउनुभयो । “पहिला जस्तो सखिया नृत्यमा सहभागी हुने महिलाले खोट पैँया लगाउँदैनन्”् उहाँले भन्नुभयो, “बदलिँदो परिवेशसँगै आधुनिक शैलीमा नृत्यलाई प्रस्तुत गर्ने गरिन्छ, यस कार्यले थारु समुदायको मौलिक संस्कृतिमा परिवर्तन ल्याएको छ ।”

गीत आधुनिक शैलीमै गाइन्छ । शरीरलाई विभिन्न आकारमा मोडेर देखाइने खोट पैँया पनि आधुनिक नै छ । पुरानो तरिकाले देखाइने धेरै कुरामा परिवर्तन भएको छ । दसैँ अघिदेखि एक महिनासम्म देखाउनुपर्ने सखिया नृत्य सातदेखि दश दिनमै टुङग््याइने गरिएको चौधरीले बताउनुभयो ।

“पहिला एक महिनासम्म पनि गीत सकिँदैनथ्यो” परदेशी डगौराले भन्नुभयो, “गीत पूरा गर्नका लागि महिलाले एक महिनापछिसम्म पनि नृत्य देखाउनु पर्दथ्यो, दसँैं सकिए पनि नृत्य जारी नै रहन्थ्यो ।” मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीले दसँैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट प्रेरित रहेको उहाँ बताउनुहुन्छ ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ । यस नृत्यमा थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ । थारु समुदायले कृष्णजन्माष्टमीको दिनदेखि सखिया नृत्यको सुरुआत गरेर दसैँसम्म निरन्तरता दिने गर्दछन् । तर, आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना हँुदै आएको छ । थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ ।

गुरुवा ९झाँक्री०ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन छ । सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको थारु गाउँ जोनापुरका वडघर रामप्रसाद चौधरीले बताउनुभयो ।

नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहिया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवती नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट ९पैँया० भनिन्छ ।
थारु अगुवा दानसिंह दहितले भन्नुभयो, “पैँया २२ प्रकारको हुने भए पनि हाल मदारिले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुनसक्छ ।”

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवती खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित् स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ । अष्टमीको रात आयोजना गरिने नृत्यलाई ‘भेडुवा जगैना’ भन्ने गरिन्छ । पञ्चमी अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारिले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् ।

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि राति नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।

गीतमा कृष्णको जन्मदेखि राधिकासँगको रासलीला तथा कङ्स बध गरिएको प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दसैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ । रासस