९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून

दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून
काठमाडौँको चक्रपथ सडक
अ अ+ अ-

काठमाडौँ । बडादसँैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो ।

आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ । अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो ।

अघिपछि ट्राफिक व्यवस्थापनमा चार÷पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् । त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलङ्कीमा गाडी कुरेर बस्नुभएका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताउनुभयो । उहाँले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गर्नुभयो ।

सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्ला सोझ¥याइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ ।

“अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भन्नुभयो, “दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।” आजसम्म सुरक्षित यात्रा भएको छ ।

ठूला दुर्घटना निम्तिएका छैनन् । यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् । यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् ।

प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरु आज र भोलि उपत्यका छाड्ने बताउनुभयो । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफट्ट पसल खुलेका छन् ।

आइतबार एक लाख ५६ हजारले राजधानी छाडे

ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । आइतबार एक लाख ५६ हजार यात्रुले राजधानी छाडेको पाइएको छ । त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ ।

यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो । प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधानमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए ।

असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए । त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।

यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए । त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।

यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । रासस