९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यसरी मनाउँदैछन् साहित्यकारले दसैँ

यसरी मनाउँदैछन् साहित्यकारले दसैँ
अ अ+ अ-

काठमाडौं । अहिले नेपालीको महान् पर्व विजयादशमीको रमाइलो मौसम सुरु भएको छ । मुख्यतः घटस्थापनाको दिनदेखि सुरु हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि भने सुनमा सुगन्ध थप्ने काम गर्छ ।

विशेषगरी फूलपातीको दिनदेखि अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय बिदा हुने भएका कारण यो दिनदेखि दसैँको माहोलमा परिवर्तनका रेखा देखिन थाल्छन् । दसैँलाई मनाउने र यसमा रम्नेको आ–आफ्नै तरिका हुन्छन् । कोही जुवातासमा भिडिरहेका हुन्छन् त कोही खानपानमा ध्यान दिइरहेका हुन्छन् ।

यसै मेसोमा आज स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वसँग उहाँहरुले मनाउने दसैँको तरिका बारेमा सोधखोज गरिएको थियो । त्यसमध्ये एक हुनुहुन्छ, वरिष्ठ साहित्यकार डा दामोदर पुडासैनी (किशोर) । उहाँलाई डेङ्गुले सताएका कारण उहाँको दसैँ खासै जम्न सकेको छैन । विगतमा दसैँ आउनु चारपाँच महिना पूर्वदेखि मनमा एकप्रकार हलचल हुन्थ्यो । अहिले खासै महत्व राखेको छैन भन्नुहुन्छ डा पुडासैनी ।

“अचेल दसैँ औपचारिकता मात्र हुन थालेको छ । मुख्यतः दसैँमा आफन्त र इष्टमित्रसँग भेटघाट हुँदा भने यो पर्व विशेष लाग्छ”, यसका सामाजिक, आर्थिक, सांस्कृतिक महत्त्वका बारेमा उहाँ भन्नुहुन्छ, “जुनसुकै संस्कार र संस्कृति पनि सधैँ एकनास हुँदैन । सधैँ परिवर्तनशील हुन्छ ।”

दसैँ पनि समयानुसार नयाँ शैलीमा फेरिरहन्छ यसले जनजीवनको नवीन शैली आत्मसात् नगरी सुखै छैन । दसैँलाई एउटा परम्परा धान्ने विधिका रूपमा व्याख्या गर्ने अर्का वरिष्ठ साहित्यकार हुनुहुन्छ कलानिधि दाहाल । उहाँ भन्नुहुन्छ, “मान्छे अशिक्षित रहेका बेला, चेतना र विकासका कुनै छनक नदेखिएका बेला, कामले लखतरान भएका बेला एउटा निहुँ बनाएर अलि लामै समय आराम गरौँ भन्ने नियतले पौराणिक कथनलाई सिरान हालेर यी विधि निर्माण गरिएका हुन् ।”

उहाँका अनुसार अहिले मिश्रितरूप छ एकखाले मानिस पुरानै ढर्रामा छन् । दोस्रो खाले चासो नगर्ने तर अर्काका मन राख्नकै लागि केही गरिरहने र तेस्रो खाल यसको सशक्तरूपमा विरोध गरिरहेका नै छन् । “सबै अवस्थाका मिश्रितरूपले गर्दा ऋण गरेर दसैँको रमझम मान्नुपर्ने वर्गलाई चाहिँ निकै राहत मिलेको छ अहिले”, उहाँ भन्नुहुन्छ, “पुरानामा त मानव विकासको नैसर्गिक प्राकृतिक न्यायका आधारमा पनि मान्छेको गति फर्किंदैन । बिस्तारै नयाँतिर नै अघि बढिरहेको छ ।”

दसैँलाई पारिवारिक जमघट र साथीभाइसित शुभकामना साटासाट , साहित्यिक जमघट गरी मनाउने सोचमा रहनुभएका अर्का साहित्कार विदुर अधिकारी दसैैँलाई आफ्ना सुन्दर विचार आदानप्रदान गर्ने माध्यमका रूपमा चित्रण गर्नुहुन्छ ।

साहित्यकार अधिकारीको अनुभवमा विगतको र अहिलेको दसैँ मनाउने शैलीमा निकै परिवर्तन आएको छ । पर्वका नाममा देखावटी र आडम्बर हाबी भएको छ । पुराना, रोटे र लिङ्गेपिङ अहिले प्रायः लोप भइसकेको स्थिति छ । मान्छे मोबाइलको दास बनिरहेको अवस्था छ । विगतमा भन्दा आफन्तहरूबीच अत्मीयपनको क्रमिकरूपमा ह्रास हुँदै गइरहेको छ ।

“अझ साँच्चै भन्नुपर्दा अहिले हाम्रो समाजमा पर्वका नाममा धेरै विकृति आइरहेका छन्”, उहाँ भन्नुहुन्छ । यो आधुनिकताका नाममा भएको नमीठो उच्छृङ्खलता हो भन्न साहित्यकार अधिकारी छुटाउनु हुन्न ।

हाल पोर्चुगलमा रहनुभएका अर्का युवा साहित्यकार हुनुहुन्छ स्पन्दन विनोद । युवा साहित्यमा चर्चित रहनुभएका स्पन्दन यसपालि टीका र जमरा नथाप्ने मुडमा पुग्नुभएको छ । विगत दुई वर्षदेखि दसैँ मनाउन नपाएका कारण यो तेस्रो वर्ष भएकाले खानपान गर्ने तर टीका जमरा नलाउने बताउनुहुन्छ ।

“परदेश भूमिमा पनि आफ्नो संस्कार भावी पुस्ताले पनि सिकाउनुपर्छ भनेर जमरा राख्ने, पूजा गर्ने टीका लगाउने गरिन्थ्यो । यो वर्ष भने त्यो परिस्थिति छैन”, उहाँ भन्नुहुन्छ । टीका जमरा नलगाए पनि दसैँको खानपान र पारिवारिकदेखि साथीभाइहरुसँगको भेटघाटमा कुनै कमी आउन नदिने मुडमा स्पन्दन देखिनुहुन्छ । रासस