९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

भोजपुरे खुकुरीको माग बढदै, कालीगढ अभाव

भोजपुरे खुकुरीको माग बढदै, कालीगढ अभाव
अ अ+ अ-

भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ तर माग बढेअनुसार दक्ष कालीगढको अभाव देखिएको खुकुरी व्यवासायीको भनाइ छ ।

उर्मिला आरन उद्योगका व्यवस्थापक हीरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगढको अभावका कारण समस्या देखिने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोजपुरमा बनेका खुकुरी स्थानीय बजारमा मात्र होइन, अन्य जिल्ला साथै विदेशमा समेत माग हुँदै आए पनि खुकुरी बनाउने कालीगढ भने जिल्लामा कमै मात्र छन् । मैले पनि केही कालीगढलाई भने काम दिएको छु ।”

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गर्नुभएका अर्का व्यवसायी गणेश विक भन्नुहुन्छ,“हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात मानिन्छ तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।” खकुरी उद्योगबाट थोरै कालीगढले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे कोथीमोडालगायत खुकुरी उत्पादन हुने गरेको छ ।

उद्योगबाट उत्पादन भएका खुकरी हाल स्थानीय बजारका खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान, विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा आएसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाईमा समेत भोजपुरे खुकुरी उपहारस्वरुप प्रदान गर्ने गरिन्छ । यहाँ आउने जानेलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाई गर्ने गरेको त्यहाँका कार्यालय सचिव मीना कार्की बताउनुहुन्छ ।

“भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी” उहाँ भन्नुहुन्छ ,“बिगतमा द्वन्द्व हुँदा बन्द भएको खुकुरी उद्योगहरु शान्ति प्रक्रियाको थालनीसँगै पुनः ब्यूँतिएका छन् ।” जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाटसमेत खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरुपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउनुहुन्छ ।

उहाँले महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहनुभएको छ । महेन्द्र भन्नुहुन्छ , “बीचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालीगढ राख्नुभन्दा पनि आफैले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।”

विसं २०४७ देखि नै आफूले खुकुरीको व्यवसाय गर्दै आइरहेको बताउँदै उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठ आफूसँग बिक्रीका लागि सात सयदेखि आठ हजारसम्मको खुकुरी रहेको बताउनुहुन्छ । जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यवसायिकरणका लागि सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

भोजपुरमा १९६५ सालदेखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिनुभएको बताइन्छ । उहाँको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।

सजावटका लागिसमेत यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायत मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवा वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि जिल्लामा कालीगढको अभाव हँुदै जान थालेको हो ।

खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थ जुटाउन समस्या हुने, त्यहाँमाथि युवालाई धेरै पैसा कमाउने कामतर्फ आकर्षित हुन थालेका कारण पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्मा बताउनुहुन्छ । खुकुरी व्यवसाय सञ्चालनका लागि सरकारी निकायबाट पनि आवश्यक कच्चापदार्थ, कोइला, काठमा सहजता तुल्याउनुपर्ने माग खुकुरी व्यवसायीको छ । रासस