२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दलिय गठबन्धनले मुलुकलाई निकास दिन सक्दैन: महामन्त्री बर्तौला



अ+ अ-

कलैया । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पाँच दलिय गठबन्धनले मुलुकको समस्याको सम्बोधन गर्न नसक्ने र निकास दिन नसक्ने ठोकुवा गरेका छन् ।

आज बाराको कलैयामा चुनाबी कार्यालयको उद्घाटन गर्दै बर्तैलाले गठबन्धनले भ्रष्टाचार , कुशासन ,बेरोजगारी र बेतिथीलाई मात्र प्रोत्साहन गरेको आरोप लगाए । ‘गठबन्धन सङ्ग कुनै नवीन र दिर्घकालिन सोच छैनू बर्तौलाले थपे । सत्ता ,शक्ति र स्वार्थ पुर्तिको निमित्त गठबन्धन निर्माण गरिएको उनको कथन थियो । ‘काले काले मिलेर खाँउ भाले भनेर गठबन्धन बनेको छ ,त्यो सफल हुदैन ‘ उनले भने ।

राष्ट्रबादी शक्तिको जितले मात्र मुलुक स्वाधिन र समृद्ध हुने बर्तौलाको कथन थियो । कार्यक्रममा शिव प्रसाद तिमल्सिना , गुरु सापकोटा , मन्जुर मिया लगायतले बोलेका थिए ।